पहिलो पाईला नेपाल दमक शाखाको अध्यक्षमा पूःन राजु निरौला

दमक,२६ वैशाख । दमकमा सामाजिक संस्था पहिलो पाइला नेपाल, दमक शाखाको पाँचौँ शाखा अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले दोस्रो कार्यकालका लागि राजु निरौला (गोविन्द) लाई पुनः अध्यक्षमा चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा नवराज खड्का, सचिवमा पूजा दाहाल र कोषाध्यक्षमा विनोद अधिकारी चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरूमा तुलसा शिवाकोटी, रक्षा पाण्डे, सज्जु शिवाकोटी (काफ्ले), रोशन अधिकारी, दीपक पौडेल, नवराज अधिकारी र सोनु चौधरी रहेका छन्। विशेष कार्यक्रम आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन पनि गरिएको छ।

दमक–६ स्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा सम्पन्न कार्यक्रममा सामाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। दमकका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

संस्थाले सामाजिक रूपान्तरणको क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। फजुल खर्च कटाएर सामाजिक सेवा गर्ने लक्ष्यसहित आवश्यकतामा रहेका नागरिक र बस्तीमा पुगेर राहत वितरण, छात्रवृत्ति सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन जस्ता कार्यक्रमहरू गर्दै आएको संस्थाले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रासै त्रासमा झापा ५ का सुकुमबासी, पालिका सरकारले यो ढाढसले धान्न सक्ला ?

दमक,२६ वैशाख । बिहानको घाम नउदाउँदै अचेल झापा ५ को सुकुमबासी बस्तीमा हल्ला फैलिन्छ– “डोजर आउँछ रे।” यही एक वाक्यले सयौँ परिवारको निद्रा हराएको छ।

पहिलो पाईला नेपाल दमक शाखाको अध्यक्षमा पूःन राजु निरौला

दमक,२६ वैशाख । दमकमा सामाजिक संस्था पहिलो पाइला नेपाल, दमक शाखाको पाँचौँ शाखा अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले दोस्रो कार्यकालका लागि

ढोलको तालसँगै झ्याम्टाको घन्काइले उत्सवमय बन्यो दमक

दमक,२६ वैशाख।ढोलको तालसँगै झ्याम्टाको घन्काइ मिसिँदा दीपिनी आधारभूत विद्यालयको प्राङ्गण एकैछिनमा उत्सवमय बन्यो। रंगीन पहिरन र गहनामा सजिएका युवायुवतीको घेरामा सुरु भएको साकेला नृत्यले दमक–५

प्रधानमन्त्री बालेनको निर्णयको मुख्यमन्त्री यादवद्वारा प्रशंसा

जनकपुर,२६ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को प्रशंसा गर्नु भएको छ् । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक

‘स्वास्थ्यमन्त्री मुर्दाबाद’, ‘निशा मेहता राजीनामा दे’ ’लगायतका नारा

जनकपुर,२६ वैशाख । स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी

साहित्यकार न्यूटन आचार्यको उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण

काठमाडौं,२६ वैशाख । साहित्यकार न्यूटन आचार्यबाट लिखित पहिलो उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरिएको