दिगो मर्मत नहुँदा मेची राजमार्गमा यात्रु र चालकलाई दैनिक सास्ती

इलाम,२७ वैशाख । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला–राजदुवाली सडक खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको समस्या अझै समाधान हुन सकेको छैन । निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहेपनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन् । राजमार्ग अन्र्तगत विशेषगरी इलाम गोलाखर्क भञ्ज्याङदेखि माइखोला राजदुवालीसम्मको करिब तीन किलोमिटर क्षेत्र अत्यन्त जोखिमपूर्ण छ । सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने, सडक भासिने र हिलो जम्ने समस्या दोहोरिने गरेको छ । कतिपय स्थानमा सडक साँघुरिँदै गएर एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने अवस्था आउने गरेको छ भने कतिपयबेला पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ ।

दैनिक सयौं सवारी साधन सञ्चालन हुने यस खण्डमा जाम लाग्नु सामान्य जस्तै बनिसकेको छ । बिरामी बोकेका एम्बुलेन्स, विद्यार्थी बोकेका सवारी तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने गाडीहरू घण्टौंसम्म रोकिन बाध्य हुने गरेका छन् । यात्रुहरू जोखिम मोलेर पैदल हिँड्नुपर्ने अवस्था समेत पटक–पटक आउने गरेको छ । हाल उक्त खण्डमा जे एण्ड जे निर्माण कम्पनीले ठेक्का लिएर काम गरिरहेको भएपनि काम गर्न समेत कठिनाइ भइरहेको निर्माण कम्पनीको भनाइ छ । इलामका यातायात व्यवसायी सुमन काफ्लेले सडकको दयनीय अवस्थाले सवारी चालकहरू पनि जोखिमपूर्ण यात्राका कारण मानसिक तनावमा रहने बताएका छन भने सडकको अवस्थाले यातायातका साधनहरुमा समेत समस्या हुने बताउँछन् ।
हाल सडक डिभिजन कार्यालय इलामले ठेक्का लागाएर काम गरिरहेको छ । कार्यालयका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सडक सञ्चालनमा ल्याउन दिनहुँ काम भइरहेको तर भौगोलिक जटिलता र निरन्तर पहिरोका कारण समस्या जटिल बनिरहेको बताउनु भयो ।

 

प्राविधिकहरूले यो क्षेत्र भू–स्खलनको दृष्टिले अत्यन्त संवेदनशील रहेको बताएका छन् । कमजोर भौगोलिक संरचना, पानीको उचित निकास नहुनु र विगतमा गरिएको अस्थायी कटानका कारण समस्या झन् बढ्दै गएको विश्लेषण गरिएको छ । दीर्घकालीन समाधानका लागि रिटेनिङ वाल निर्माण, जैविक इन्जिनियरिङ प्रविधिको प्रयोग, ढल व्यवस्थापन, र आवश्यक परे वैकल्पिक मार्ग निर्माण जस्ता उपाय आवश्यक देखिएको छ । सांसद निश्कल राईले भन्नु भयो यस समस्यालाई केन्द्र सरकारसम्म पु¥याइएको र आवश्यक बजेट व्यवस्थापनका लागि पहल भइरहेको बताउनु भयो । इलाम क्षेत्रका संघीय सांसद तथा प्रदेशस्तरीय नेताहरूले समेत यस खण्डको समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।

अर्का सांसद सुहाङ नेम्बाङले पनि उक्त सडक खण्डको समस्या चाँडो समाधान गर्न पहल गरिरहेको बताउने गरेका छन् । तर, विगतका अनुभवका आधारमा स्थानीयवासीहरू यस्ता आश्वासनप्रति आश्वस्त देखिँदैनन् । उनीहरूले सम्बन्धित निकायलाई दीर्घकालीन योजना बनाएर छिटो कार्यान्वयन गर्न माग गरेका छन् । मेची राजमाग कोशी प्रदेशका पहाडी जिल्ला ताप्लेजुङ पाँचथर,ते¥हथुम र इलामलाई झापालगायत तराई क्षेत्रसँग जोड्ने मुख्य मार्ग हो । यस मार्ग अवरुद्ध हुँदा यात्रु मात्र होइन, कृषि उत्पादन, दैनिक उपभोग्य वस्तु आपूर्ति र पर्यटन गतिविधिमा समेत प्रत्यक्ष असर पर्ने गर्दछ । विशेषगरी चिया, अलैंची लगायतका उत्पादन ढुवानीमा समस्या हुँदा किसानहरू प्रभावित हुने गरेका छन् ।

वर्षायाम सुरु भएसँगै जोखिम अझ बढ्ने देखिएको छ । माइखोला–राजदुवाली सडक खण्डमा निर्माण तथा मर्मत कार्य जारी रहेपनि दिगो समाधान हुन सकेको छैन । दीर्घकालीन सोच, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयनबिना यो समस्या कहिले अन्त्य हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । यात्रु र स्थानीयवासीहरू भने सुरक्षित, भरपर्दो र सहज यात्राको प्रतीक्षामा छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता