ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स खारेजीको प्रक्रिया सुरु

काठमाडौं,२७ वैशाख । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनाले ३१ वटा सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाउनु भएको छ् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपरीक्षक अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनाले ३१ वटा सवारी चालकको सवारी अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाएको जानकारी दिनु भयो ।

‘लापरबाहीपूर्ण सवारी साधन चलाउने यही महिना मात्र ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालय लेखेर पठाइएको छ । लापसे मापासे गरेर चलाउने १५÷२० पटकसम्म लापारवाही गरेर चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको,’ उहाँले भन्नु भयो। उहाँले चोरीको मोटरसाईकल नियन्त्रणको लागि ट्राफिक प्रहरी सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्नका लागि विभिन्न कार्यक्रम संचालन गरिएको पनि जानकारी दिनु भयो ।

‘चोरीको मोटरसाइकल नियन्त्रणका लागि ट्राफिक प्रहरी, सडक प्रयोगकर्ताहरूबिचको गुनासोलाई सम्बोधन गर्न, ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन गर्न चेन्जिङ पावर, एकीकृत वसपार्क प्रणाली, विभिन्न स्थानमा पार्किङ गरेर अस्तव्यस्त सडक बनाउने प्रक्रियालाई अन्त्य गर्दै लामो र मझौला दुरीका सवारी साधनहरू बसपार्कबाट मात्रै छुट्ने व्यवस्था व्यवहारमा ल्याइएको छ,’ उहाँले भन्नु भयो। उहाँले भदौ २३÷२४ गतेको आन्दोलन पश्चात खरानीको रूपमा रहेको ३७ ट्राफिक कार्यालय निर्माण गर्दै ट्राफिक प्रहरी थप शसक्त बनाउँदै कारबाही प्रक्रियालाई पनि अझ बलियो बनाउँदै अगाडि बढेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता