सुनझोडामा कनीरहेको छ मोटरेवल पुल, ८५ प्रतिशत निर्माणको काम सकियो, ज्यानकै जोखिम मोलेर खोला तर्न बाध्य नागरिकलाई सहज हुने

उर्लाबारी, २७ वैशाख।  मोरङको उर्लाबारी नगरपालिका–३ र पथरीशनिश्चरे नगरपालिका–२ को सिमानामा पर्ने सुनझोडा खोलामा निर्माणाधीन मोटरेवल पुल अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।

वर्षौंदेखि ज्यानकै जोखिम मोलेर खोला तर्न बाध्य नागरिक अब सुरक्षित र सहज आवतजावतको आशामा छन् ।
सुनझोडा खोला यस क्षेत्रका नागरिकका लागि वर्षायाममा विशेष त्रासको विषय बन्दै आएको थियो । विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल पुग्ने परिवार, किसान तथा दैनिक कामकाजमा हिँड्ने सर्वसाधारणले खोलामा आउने बाढीका कारण पटक–पटक सास्ती खेप्दै आएका थिए । कतिपय अवस्थामा खोला तर्दा दुर्घटनाको जोखिमसमेत रहने भएकाले परिवारका सदस्य घरबाट निस्कँदा सकुशल फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ता स्थानीयमा रहने गरेको थियो ।

 

स्थानीयवासीका अनुसार प्रत्येक चुनावमा पुल निर्माणको मुद्दा प्रमुख एजेण्डा बन्ने गरे पनि काम भने अघि बढ्न सकेको थिएन । पटक–पटक योजना बनेर पनि अलपत्र पर्ने अवस्थाका बीच गत वर्षदेखि भने निर्माणले तीव्रता पाएको हो । मोरङ क्षेत्र नं. १ का संघीय सांसद तथा पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बू र मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्माको सक्रिय चासोपछि पुल निर्माण प्रक्रिया अघि बढेको स्थानीय पूर्व जनप्रतिनिधि पारशमणि कुईकेल बताउनु हुन्छ । गत वर्ष जेठ १७ गते शिलान्यास गरिएको पुलको निर्माण अवधि २०८३ चैत मसान्तसम्म तोकिए पनि निर्माण कम्पनीले निर्धारित समयभन्दा निकै अगावै काम सम्पन्न गर्ने तयारी गरेको छ ।

निर्माण पक्षका प्रतिनिधि दिलिपकुमार कर्णका अनुसार पुलको करिब ८५ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ । अहिले दुवैतर्फ माटो पुर्ने, पाइप रेलिङ जडान गर्ने लगायतका अन्तिम चरणका काम भइरहेको र केही दिनभित्रै सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी रहेको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीका इञ्जिनियर थिरेन्द्र दाहालका अनुसार पुल ३० मिटर लामो रहेको छ । पुलको बीच भागमा ६ मिटर चौडाइको सवारी आवागमन मार्ग रहनेछ भने दुवैतर्फ पैदलयात्री हिँड्न मिल्ने संरचना बनाइएको छ । प्रारम्भिक लागत अनुमान ८ करोड ३० लाख रुपैयाँ रहेको पुल प्रतिस्पर्धात्मक टेण्डर प्रक्रियामार्फत ५ करोड ६८ लाख ९३ हजार ८ सय ५५ रुपैयाँ ७७ पैसामा निर्माण भइरहेको हो । निर्माणको जिम्मा विराटनगरस्थित कार्की बन्धु कन्स्ट्रक्सन प्रा.लि.ले पाएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।