दमक सहित झापाका गुन्डागर्दीमा संलग्न व्यक्तिहरूको सूची प्रहरीद्वारा तयार

दमक,२७ वैशाख। झापा जिल्लाको दमक सहित विभिन्न क्षेत्रमा गुन्डागर्दी, आपराधिक गतिविधि तथा समाजमा आतंक फैलाउने कार्यमा संलग्न व्यक्तिहरूको विवरण संकलन गर्न प्रहरीले विशेष सूची तयार गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार माथिल्लो निकायबाट जिल्लाभर सक्रिय आपराधिक समूह, गुण्डा प्रवृत्तिका व्यक्तिहरू तथा विभिन्न घटनामा संलग्नहरूको विवरण अद्यावधिक गर्न निर्देशन आएपछि यस्तो सूची तयार गरिएको हो।

सूचीमा विगतमा आपराधिक गतिविधिमा संलग्न भई पक्राउ परेका, बारम्बार विवादमा आउने, धम्की, असुली, झैझगडा तथा संगठित अपराधमा नाम जोडिएका व्यक्तिहरू समेटिएको बताइएको छ। प्रहरीले जिल्लाका विभिन्न इलाकाबाट सूचना संकलन गरी निगरानी बढाएको जनाएको छ। विशेषगरी दमक, बिर्तामोड, काँकरभिट्टा लगायत शहरी क्षेत्रमा सक्रिय समूहहरूलाई प्राथमिकतामा राखेर विवरण अद्यावधिक गरिएको स्रोतको भनाइ छ।

प्रहरीका अनुसार शान्ति सुरक्षा कायम राख्न, सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न तथा चुनाव, चाडपर्व वा विशेष समयमा हुन सक्ने घटनालाई रोक्न यस्ता विवरण उपयोगी हुने विश्वास गरिएको छ। यद्यपि प्रहरीले हालसम्म सार्वजनिक रूपमा कसैको नामावली भने सार्वजनिक गरेको छैन।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा