काँग्रेसले गठबन्धनको राजनितिलाई काँग्रेसले अन्त्य गरेको छ ? महामन्त्री पौडेल

सुर्खेत ,२८ वैशाख। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताउनु भएको छ । उहाँले अभियानले कुनै गुट र सिमित ब्यक्तिहरुलाई केन्द्रित नबनाएबको बताउनु भयो ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले नेपाली काँग्रेसले गठबन्धनको राजनितिलाई काँग्रेसले अन्त्य गरेको र सबै निर्वाचन क्षेत्रमा काँग्रेसले आफ्ना उम्मेदवारहरु उठाउन सफल भएको बताउनु भयो ।

‘चुनाव जित्नकै लागि गठबन्धन गरेर बिचार र सिद्वान्तलाई छोडेर जाने कार्यको अन्त्य भएको छ’ उहाँले भन्नु भयो, ‘सत्तामा जानकै लागि जोफसंग पनि गठबन्धन हुँदैन । आफ्नो सिद्वान्त बोकेर जनतासंग जान चाहन्छ ।’

काँग्रेसका क्रियाशील सदस्यहरुले अभिलेख व्यवस्थित गर्न र सदस्यता इतिहास सुरक्षित गर्न सदस्यता अध्यावधिक थालिएको उहाँले बताउनु भयो। सदस्यताका बिषययमा आएका विभिन्न टिप्पणीहरुको खण्डन गर्दै उहाँले सदस्यहरुबीच भावनात्मक निकटताका लागि पनि आवश्यक भएको उहाँको भनाइ छ ।

विगतमा के भयो भन्ने भुल्दै सिंगो पार्टी एकता अहिलेको आवश्यकता भएको भन्दै उहाँले पार्टी एकताका लागि प्रयास भई रहेको उहाँले बताउनु भयो । प्रतिष्पर्धाको राजनितिमा सदस्यता डिजिटलाइजेसन पनि जरुरी भएको उहाँको भनाई छ ।

काँग्रेसको प्रदेश स्तरीय भेलामा सभापति गगन कुमार थापा, उपसभापति बिश्वपणरकाश पौडेललगायतका नेताहरुको सहभागिता रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।