परम्परागत निर्णयले पार्टी चल्दैन : नेता राई

काठमाडौ ,२९ वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्य समितिमा थपिएका १९ केन्द्रीय सदस्यहरुप्रति केही युवा नेताहरुले आपत्ति जनाउनु भएको छ ।

 

लामो समयदेखि पार्टीमा अवसर नपाएका युवा नेताहरु, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले निर्णयको विरोध गरेका हुन् ।
नेपाल विद्यार्थी संघ एवम तरुण दलमा समेत लामो समय काम गरेर कांग्रेसको सक्रिय राजनीतिमा रहेका युवा नेता लावस राईले बदलिएको भनिएको पार्टीले परम्परागत निर्णय गरको आरोप लगाउनु भएको छ।

 

‘पूरानै टेस्टेट नेताहरुलाई अवसर प्रदान गर्दा कांग्रेस कसरी बदलिन्छ । पटक पटक अवसर पाएका र टेस्ट भइसकेका नेताहरुबाट पार्टी रुपान्तरण हुन्छ भन्नेमा विश्वस्त हुन सकिदैन । पार्टी परम्परागत तथा क्लासिकल शैलीले चल्दैन,’ नेता राईले भन्नु भयो ।

०६२–०६३ को आन्दोलनमा झन्डा बोकेका युवाहरुको काँधमा टेकेर अवसर पाएका नेताहरुले पार्टीभित्रको यथास्थितिलाई भत्काउन नसक्ने राईको दाबी छ ।

 

‘यथास्थितिमा रमाउने नेताहरुबाट कांग्रेस रुपान्तरण वा बदलिन सक्दैन । गुट–उपगुटमा रमाएर अवसर खोज्नेहरुले यथास्थितिलाई भत्काउन सक्दैनन् । कांग्रेसभित्र अब उर्जा र नयाँ विचार बोकेका जुझारु व्यक्तिहरुले अवसर पाउनुपर्छ,’ उहाँले भन्नु भयो ।

 

सभापति थापाले सोमबार मात्र १९ केन्द्रीय सदस्य थप गरेका हुन् । पर्याप्त परामर्श र छलफल विना नै नयाँ सदस्यहरु थप गर्दा कांग्रेसभित्र फेरि आन्तरिक मतभेद बढेको देखिएको हो ।

सभापति गगन थापाले हालै केन्द्रीय समितिमा कोइराला र देउवासमुहका १९ जनालाई सदस्यहरू मनोनयन गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।