संवैधानिक अधिकार कार्यान्वयनका लागि कानुन बनाउन सांसद श्रेष्ठको माग

काठमाडौं,२९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अझैपनि विभेद र बहिष्कारको पीडामा बाँच्न बाध्य रहेको बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आफ्नो पहिलो सम्बोधन गर्दै उहाँले संविधानले अधिकार सुनिश्चित गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्नु भएको छ।

 

उहाँले भन्नु भयो,‘म त्यस्तो समूदायबाट आएको छु, जहाँ व्यक्ति जन्मिँदा बहिष्कार र मृत्यु हुँदासमेत तिरस्कार सहन बाध्य छन । संविधान जारी भएको एक दशक बितिसक्दा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार कागजमै सीमित छन् । यी संवैधानिक अधिकार कार्यान्वयनको लागि आवश्यक ऐन र कानुन आजसम्म बन्न नसक्नु बिडम्बना छ ।’

 

उहाँले सरकार र संसदप्रति आफूहरू अझै आशावादी रहेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रममा समुदायको सशक्तीकरणलाई प्राथमिकता दिइएको विषयलाई सकारात्मक रूपमा लिएको बताउनु भयो। श्रेष्ठ यौनिक तथा लैंगिक अल्पसंख्यकका तर्फबाट प्रतिनिधित्व गरकी ट्रान्सजेन्डर सांसद हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता