स्वदेशी उत्पादनलाई बजार दिन करको दायरा परिमार्जन गर्न सांसद कुँवरको माग

काठमाडौं,३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रदा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताउनु भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले १६औँ योजनाले तय गरेको बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने लक्ष्य पूरा गर्न सरकारले युवामुखी नीति ल्याउनुपर्नेमा जोड दिइनु भयो ।
उहाँले कृषिजन्य तरकारी तथा खाद्यान्न उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना हुँदाहुँदै सीमापारिबाट सस्तो मूल्यमा वस्तु भित्रिँदा स्वदेशी उत्पादनले बजार नपाएको उल्लेख गर्नु भयो । त्यसैले करको दर ,दायरा आवश्यक परिमार्जन गरेर भएपनि यस्ता समस्यामा ध्यान दिन सरकारसँग माग गर्नु भयो।

उहाँले भन्नु भयो,‘बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने १६ औं योजनाको लक्ष्य पूरा गर्न अब कृषि र उद्यम क्षेत्रामा युवाको आकर्षण बढाउनै पर्छ । कृषिजन्य तरकारी खाद्यन्न मात्र होइन् । नेपालमा नै उत्पादन भएका र सम्भावना भएका सिमा पारिका सस्तोमा भित्रिन्छ र यहाँको बिक्दैन । त्यसैले करको दर दायरा आवश्यक परिमार्जन गरेर भएपनि यस्ता समस्यामा ध्यान दिन सरकारसँग माग गर्दछु ।’

उहाँले युवा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले लिने नीति तथा कार्यक्रम नेपाली युवा उद्यमीका लागि‘टेक्ने लौरो र समाउने डाली’बन्नुपर्ने धारणा व्यक्त गर्नु भयो । ‘युवा प्रधानमन्त्रीले नेतृत्व गरेको यो सरकारले लिने नीति र मार्ग नेपाको युवा उद्यमीको लागि टेक्ने लौरो र समाउने डाली बनोस्,’उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता