रौतहटको कटहरियाबाट तीन बालक एकैसाथ बेपत्ता

रौतहट,३० वैशाख । रौतहटको कट हरिया नगरपालिका–५ कट हरिया बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा अध्ययनरत विद्यार्थीहरू बेपत्ता भएपछि परिवारजन र स्थानीय बजार क्षेत्रमा त्रास फैलिएको छ । बेपत्ता हुनेहरूमा कट हरिया–५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग रहेका छन् । उनीहरू गत सोमबार (वैशाख २८ गते) देखि सम्पर्कविहीन भएका हुन् ।

परिवारका अनुसार सोमबार विद्यालयबाट फर्केपछि उनीहरू ‘बाहिर खेल्न जान्छौं’ भनी घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नफर्किएपछि आफन्त, साथीभाइ र सम्भावित स्थानहरूमा खोजी गर्दा फेला नपरेपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालय कटहरियामा खोजीका लागि निवेदन दिएका छन् । बेपत्ता बालकहरूमध्ये सकील अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजनामा थिए भन्ने कुरा साथीहरूबाट बुझिन आएको परिवारले जनाएको छ । यद्यपि, प्रहरीले यस विषयमा कुनै औपचारिक पुष्टि गरेको छैन ।
इलाका प्रहरी कार्यालय कटहरियाका सई मोहन आले मगरका अनुसार तीनै जना बालकको तस्बिर र हुलियासहितको विवरण मातहतका सुरक्षा निकायहरूमा पठाइसकिएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतीय प्रहरीसँग पनि समन्वय गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको र यो अपहरण हो, घरबाट भागेको हो वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्षमा पुग्न नसकिने जनाएको छ । यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रौतहटको कटहरियाबाट तीन बालक एकैसाथ बेपत्ता

रौतहट,३० वैशाख । रौतहटको कट हरिया नगरपालिका–५ कट हरिया बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा

कोशी पर्यटन वर्ष ’नारा’मै सीमित

विराटनगर,३० वैशाख । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको

हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको अनुपस्थितिप्रति आक्रोश

काठमाडौं,३० वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठक

प्रधानमन्त्री नआए बैठक बहिष्कार गर्ने सांसद केसीको चेतावनी

काठमाडौं,३० वैशाख । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएमा बैठक बहिस्कार गर्ने चेतावनी दिनु भएको

स्वदेशी उत्पादनलाई बजार दिन करको दायरा परिमार्जन गर्न सांसद कुँवरको माग

काठमाडौं,३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रदा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताउनु भएको छ। बुधबार बसेको