अर्थतन्त्र सुधार निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

काठमाडौँ ,३१ वैशाख। अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।
अहिलेको अर्थतन्त्रका लागि निजी क्षेत्रको ठुलो सहयोग चाहिएको उहाँको भनाइ छ । उहाँले सरकारको पहिलो प्राथमिकता सुशासन, त्यसपछि आर्थिक सुधार र पूर्वाधार विकास रहेको स्पष्ट पार्नु भएको छ।

 

उहाँका अनुसार लगानी नै आर्थिक सुधारको मुख्य आधार हो । विगतमा सरकारले लिएका नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्दै गएको र जलविद्युत् क्षेत्रमा १८ घण्टाको लोडसेडिङबाट विद्युत् निर्यात गर्ने अवस्थासम्म पुगेको उदाहरण उहाँले प्रस्तुत गर्नु भयो ।

 

उपाध्यायले आयात प्रतिस्थापन र उत्पादनमुखी क्षेत्रलाई सहजीकरण गर्ने नीति सरकारले अघि बढाएको उल्लेख गर्दै अहिले सबैभन्दा आवश्यक कुरा निजी क्षेत्रको विश्वास र सुरक्षा भएको बताउनु भयो । उनले निजी क्षेत्रले सम्पत्तिको सुरक्षा, लगानीको सुरक्षा तथा स्थायित्वको ग्यारेन्टी खोजिरहेको बताए ।

 

साथै, सार्वजनिक पूर्वाधार विकास र नाफामूलक आयोजनामा निजी क्षेत्रलाई सरकारसँग सहकार्य गराएर अघि बढाउने नीति लिइने संकेत पनि उहाँले दिनु भयो ।

 

आगामी आर्थिक वर्षको बजेटले विशेषगरी अधुरा आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्ने उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता