बाँदर आतंकले किसानहरु आतंकित छन् :सांसद राई

काठमाडौं,३१ वैशाख। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले कलेजहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि अध्ययन गर्न आउने विद्यार्थीमाथि कलेजहरूले विभिन्न बहानामा अनेक किसिमका शुल्क लिने गरेको बताउनु भएको हो । उहाँले यस्तो गतिविधिमाथि सरकारले निगरानी गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो।

उहाँले भन्नु भयो, ‘भर्खरै मात्र एसइई बाट उत्तीर्ण विद्यार्थी अध्यनको शिलशिलामा ठूला ठूला सहरहरु पढन आउँछन् । अध्यनको शिलशिलामा अध्यन गर्न आउने ती विद्यार्थीहरुमाथि विभिन्न किसिमको शुल्कहरु लिएर कलेजहरुले उठाउने गर्छन् त्यसमा सरकारले ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले यसमा निगरानी गर्नुपर्छ।’

त्यसैगरी, सांसद राईले किसानका समस्या पनि संसदमा उठाउनु भएको छ । उहाँले अहिले किसानहरू बाली लगाउने तथा उत्पादन गर्ने समयमा रहेको उल्लेख गर्दै उत्पादनको बजार अभाव, मलजलको समस्या तथा उत्पादन व्यवस्थापनमा कठिनाइ रहेको बताउनु भयो ।
उहाँले देशभरका किसान बाँदर आतंकका कारण समेत समस्यामा परेको उल्लेख गर्दै कृषकका समस्या समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नु भयो।

उहाँले भन्न्ुाभयो, ‘यो सदनमा किसानका समस्या सुनाउँदै आइरहेका छौं । अहिले वर्तमान अवस्थामा किसानहरुले अहिले बाली लगाउने बेला उत्पादन गर्ने समय आएको छ । आम किसानहरुले देशैभरी उत्पादन छ बजार छैन । मलजलको व्यवस्था छैन । उत्पादन छ उत्पादनलाई सही ढंगले व्यवस्थित गर्नको निम्ती बाँदर आतंकले किसानहरु आतंकित छन् ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए