सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप गरिदिँदै।

यहाँ आजभोलि एउटा फरक माहोल भेटिन्छ। यहाँ करिब २० जना महिलाहरू आफ्नो भविष्यलाई नयाँ रङ्ग दिने प्रयासमा छन्। कसैको हातमा काइँयो छ, कसैको हातमा मेकअप ब्रस छ यो केवल तालिम मात्र होइन, धेरैका लागि आत्मनिर्भर बन्ने सपनाको प्रस्थान बिन्दु हो।

उहाँको नाम हो गंगा विक। एक सामान्य परिवारकी गृहणी, जसको काँधमा घरको जिम्मेवारी छ। उहाँका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ अहिलेसम्म चुलोचौकोमै सीमित गंगाको मनमा अहिले एउटा दह्रो अठोट पलाएको छ। “अहिले त म घरमै मात्र सीमित छु। तर यो निःशुल्क तालिम पाएपछि मलाई धेरै भरोसा मिलेको छ। अब यो सिप सिकेर सानोतिनो व्यवसाय सुरु गर्ने मेरो योजना छ।’ गंगाले उज्यालो खवरको क्यामारामा भन्नु भयो ‘ श्रीमानको कमाइले ऋण तिरौँला, म आफैँ कमाएर घर खर्च चलाउँछु र केही बचत पनि गर्छु भन्ने सोचेकी छु।’’

 

गंगा जस्तै अर्की सहभागी हुनुहुन्छ बबिता तामाङ। उहाँका श्रीमान् पनि परदेशमै पसिना बगाउँदै हुनुहुन्छ बबिताका आँखामा पनि स्वरोजगार बन्ने सपना छ। तर, उहाँ यो सिपलाई अझै माझ्न र परिष्कृत बनाउन चाहन्छिन्। उहाँ भन्नु हुन्छ “मलाई यो सिप सिकेर आफैँ केही गर्न मन छ। तालिम अझै राम्रो र परिष्कृत हुँदै गयो भने हामीले आफ्नो लक्ष्य पक्कै पुरा गर्न सक्छौँ। हामी जस्ता महिलाहरूलाई यो ठुलो अवसर हो।’’

 

महिलाहरूलाई केवल तालिम दिएर मात्र वडा कार्यालय रोकिनेवाला छैन। स्थानीय सरकारले उनीहरूलाई बजार र अवसरसँग जोड्ने दीर्घकालीन सोच बनाएको छ। “हाम्रो लक्ष्य भनेकै वडाका महिलाहरूलाई सिपसँग जोडेर आत्मनिर्भर बनाउनु हो। अहिले व्युटिसियन तालिम भइरहेको छ, धुप बनाउने, सिलाई–कटाई जस्ता अन्य सिप विकासका तालिमहरुपनि दिइरहेका छौ । ’’ वार्ड अध्यक्ष नबिन बरालले भन्नु भयो ‘‘ तालिमपछि उहाँहरूले कहाँ काम पाउने वा कसरी व्यवसाय गर्ने भन्नेमा पनि हामी बाटो देखाउनेछौँ।’’

 

आफ्नो पौरखमा विश्वास गर्ने यी महिलाहरूका लागि दमक वडा नं. ३ को यो प्रयास एउटा सुनौलो मौका बनेको छ। जब हातमा सिप र मनमा साहस हुन्छ, तब आर्थिक अभावका पर्खालहरू बिस्तारै भत्किन थाल्छन्। यी महिलाहरूको आत्मविश्वासले भनिरहेको छ कि अब उनीहरू कसैको आशमा मात्र होइन, आफ्नै पौरखमा बाँच्नेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक