साम्पाङद्धारा प्रधानमन्त्रीको राजीनामाको माग

काठमाडौं,१ जेठ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गर्नु भएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाउनु भएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गर्नु भएको छ।

विज्ञप्ति अनुसार प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि संसदमा अनुपस्थित हुनु भएको थियो । प्रतिपक्षी दलहरूले उपस्थितिको माग गर्दा समेत प्रधानमन्त्री संसदमा नआएको तथा आफ्नै कार्यालयबाट संसदका गतिविधि प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको आरोप राईले लगाउनु भएकोे छ ।

त्यसैगरी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने संसदीय परम्परा रहेको उल्लेख गर्दै उहााले उक्त जिम्मेवारीबाट प्रधानमन्त्री पन्छिएको बताउनु भएको छ । संसदका कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नु समेत प्रधानमन्त्रीको गैरजिम्मेवार व्यवहार भएको राईको भनाइ छ ।

राईले संसदको मर्यादा कायम राख्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको टिप्पणी गर्दै यस्तो घटनाले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको बताउनु भएको छ । उहाँले जनताको सार्वभौम संस्थालाई अपमान गर्ने व्यक्तिले नैतिकताको आधारमा पदमा बसिरहन नमिल्ने जिकिर गर्नु भएको छ ।

विज्ञप्तिमा सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप पनि लगाइएको छ । सीमा सुरक्षा, जनजीविका र नागरिकका आधारभूत समस्यामा सरकार असफल भएको भन्दै उहाँले सरकारप्रति खेद व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक