पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्छ : सुम्नीमा उदास

काठमाडौं,१ जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताउनु भएको छ ।
पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उदासले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई परिष्कृत र समयसापेक्ष बनाउन समितिले गहन अध्ययन गरिरहेको बताउनु भएको हो । उहाँले प्रस्तावित विधेयकका प्रत्येक दफाहरूमा सुक्ष्म छलफल गरी यसलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘पर्यटन कानुन संशोधन विधेयकमा धेरै कुरा मिसिङ भएको छ । यहाँहरु सबैले दिनुभएका सुझावहरु हामी समेट्ने प्रयास गर्नेछौं । यसमा धेरै छलफल गर्न आवश्यक पनि छ । राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयक प्रतिनिधिसभाबाटै पारित हुन र छलफल हुन बाँकी नै छ । अब छिट्टै हाम्रो समितिमा यो विधेयक आउने छ र हामी यसको प्रत्येक दफामा गहन छलफल गर्ने छौं । पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्छ ।’

सभापति उदासले नेपालको पर्यटन क्षेत्रलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन पुरानो सोचबाट बाहिर निस्कनुपर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले नेपालको पर्यटनलाई विविधीकरण गर्न र नयाँ आयामहरू थप्नका लागि आध्यात्मिक पर्यटन जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।

छलफलका क्रममा उहाँले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट नियामक ढाँचा ९ र दिशा निर्देश गर्ने दस्तावेजको आवश्यकता औंल्याउनु भयो ।
पर्यटन क्षेत्रलाई मापनयोग्य र राष्ट्रिय गौरवको विषय बनाउनका लागि नवीन सोचका साथ अघि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक

इलाम कारागारमा ४८ लाखको रहस्य! जेलभित्र यत्रो नगद कसरी पुग्यो?

इलम,१ साउन ।  इलाम कारागारमा संयुक्त छापाका क्रममा ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद र २४ हजार भारतीय रुपैयाँ बरामद भएको छ। यो