मुख्यमन्त्री कार्यालयमा वडाध्यक्षको धर्ना

सुर्खेत,१ जेठ । एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा बस्नु भएको छ ।

सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रवेशद्धारमा धर्नामा बस्नु भएको हो। उहाँसहित वडासदस्य विर्घाबहादुर राना पनि धर्ना बस्नु भएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित रिजाल एमालेबाटै मुख्यमन्त्री हुनुभएका यामलाल कँडेलविरुद्ध धर्नामा बस्नु भएको हो ।

गाउँमा सडक र टेलिफोनको टावर निर्माण गर्न प्रदेश सरकारले आवश्यक बजेट नदिएको भन्दै उहाँले धर्ना सुरु गर्नु भएको हो ।
घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्ति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटकपटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेपछि आफू धर्ना बस्न बाध्य भएको वडा अध्यक्ष रिजालले बताउनु भएको छ ।

उहाँले सडक स्तरोन्नती नहुँदा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएको बताउनु भयो । सडकको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको उहाँको भनाइ छ ।

आफ्ना मागहरू प्रदेश सरकारले सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने चेतावनी उहाँले दिनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता