हेटौंडामा डोजर चल्दा ७० बढी होटल व्यवसायी विस्थापित

रौतहट ,१ जेठ। त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिनु भयो। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो ।

यसअघि पटक–पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको वन कार्यालयको दाबी छ ।

यता विस्थापित व्यवसायीहरूले भने राज्यले आफूहरूमाथि अन्याय र दमन गरेको आरोप लगाएका छन् । दुई हप्ताअघि सडक विभागले जारी गरेको सूचनाका आधारमा आफूहरूले त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटरको सडक सीमा आफैं खाली गरिसकेको उनीहरूको भनाइ छ ।
सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेकै अवस्थामा एक्कासि डोजर चलाइएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

विगत २०४५ सालदेखि सोही स्थानमा व्यवसाय गर्दै आएका स्थानीयले राज्यले कुनै समय नै नदिई ज्यादतीपूर्ण तरिकाले हटाएको गुनासो गरे ।
सडकको क्षेत्राधिकार बाहिर रहेका टहरा समेत भत्काइँदा ठूलो क्षति भएको उनीहरूको दाबी छ ।

त्रिभुवन राजमार्ग भएर यात्रा गर्ने यात्रुहरूका लागि भरपर्दो विश्रामस्थल र ’हब’का रूपमा परिचित ३ नम्बर पुल क्षेत्रमा ७० भन्दा बढी होटलहरू सञ्चालनमा थिए ।

वर्षौंदेखि चल्दै आएको यो बजार पूर्ण रूपमा खाली गराइएपछि वर्षौंदेखि आश्रित स्थानीय परिवारहरूको रोजीरोटी गुमेको छ । अचानक व्यवसाय खोसिएपछि उनीहरू आफ्नो जीविकोपार्जनलाई लिएर गम्भीर चिन्तामा परेका छन् ।

वन कार्यालयले भने सार्वजनिक तथा संरक्षित क्षेत्र अतिक्रमण गर्ने कार्य कानुन विपरीत हुने भन्दै आगामी दिनमा पनि यस्ता अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइने स्पष्ट पारेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा ब्राउन सुगरसहित ३ कारोबारी पक्राउ

दमक, ८ मंसिर । लागूऔषधसहित झापाको दमकमा तीनजना कारोबारी पक्राउ परेका छन् । सोमबार राति ९ः३० बजे दमक ९ प्रधान टोल बस्ने २५ वर्षीय युनिक

लाईफ लाइनले प्रथम नागरिक धिमाल जातीलाई सेवामा ठूलो छुट दिने

दमक,मंसिर ८। दमकका प्रथम नागरिक धिमाल जातीहरूलाई लाईफ लाइन अस्पताल दमकले दिने सेवामा २२ प्रतिशत छुट सुविधा दिने सहमति भएको छ ।लाईफ लाइन अस्पताल र

कोशीका मुख्यमन्त्री कार्की र स्विस राजदूतबिच भेटवार्ता

विराटनगर ,८ मंसिर। स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ ।भेटघाटमा दुई

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं,८ मंसिर। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्नु भएको छ। उहाँले

अयोध्या–जनकपुरधाम रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागत

जनकपुरधाम,८ मंसिर। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू—कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका

शिवसताक्षीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षीमा चार वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शिवसताक्षी ११ बस्ने ६१

उपचारका लागि लगिएका कैदी अस्पतालबाट फरार

झापा, ८ मंसिर । झापा कारागारबाट उपचारका लागि मोरङ लगिएका झापा भद्रपुरका एक युवक अस्पतालबाट फरार भएका छन् ।फरार हुनेमा भारत पश्चिम बंगाल अछाम घर