डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं,८ मंसिर। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्नु भएको छ। उहाँले आफ्नो स्वदेश फिर्तीका लागि दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्स मार्फत हवाई यात्रा र आवश्यक कागजातको व्यवस्था मिलाउन ढाकास्थित सरकारसँग आग्रह गर्नु भएको थियो ।रोयटर्सका अनुसार हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार यसबारे जानकारी दिनु भएको हो । हसिनाले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको अवसरमा मनाइने विजय दिवसकै दिन बंगलादेश फर्कने इच्छा राखेको उहाँले बताँउनु भयो।

 

‘सन् २०२४ अगस्ट ५ मा बंगलादेशको विमानमार्फत शेख हसिनालाई भारत ल्याइएको थियो । ‘अब उहाँलाई दिल्लीबाट ढाका फर्काउन सरकारले हवाई यातायातको व्यवस्था गर्नुपर्छ,’ अलीले रोयटर्ससँग भन्नु भयो ।उहाँले हसिनालाई संविधानविपरीत परिस्थितिमा देश छाड्न बाध्य पारिएको दाबी गर्दै डिसेम्बर १६ मा स्वदेश फर्कने वातावरण बनाउनु सरकारको जिम्मेवारी भएको बताँउनु भउको छ ।बंगलादेशमा हरेक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बंगलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

 

यसैबीच, बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले सोमबार विद्यार्थी आन्दोलनबाट उदाएको नेसनल सिटिजन पार्टी (एनसीपी) का नेताहरूसँग छलफल गर्नु भएको छ । सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको आन्दोलनले हसिनालाई सत्ताच्युत गराएपछि उक्त आन्दोलनबाट एनसीपी गठन भएको थियो ।ढाकास्थित क्याबिनेट डिभिजन सचिवालयमा भएको भेटमा एनसीपीका संयोजक नाहिद इस्लाम नेतृत्वको चार सदस्यीय टोली सहभागी थियो । टोलीमा सदस्यसचिव अख्तर हुसेन, वरिष्ठ संयुक्त संयोजक हसनत अब्दुल्लाह र संयुक्त संयोजक अक्रम हुसेन पनि हुनुन्थ्यो ।

 

बंगलादेशको सरकारी समाचार संस्था बीएसएसका अनुसार प्रधानमन्त्रीका अतिरिक्त प्रेस सचिव अतिकुर रहमान रुमोनले उक्त भेटवार्ता करिब ४० मिनेट चलेको जानकारी दिनु भयो ।भेटपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता महदी अमिनले बंगलादेशलाई अस्थिर बनाउने प्रयास भइरहेका बेला लोकतान्त्रिक तथा अधिनायकवादविरोधी राजनीतिक शक्तिबीच एकता देखिएको बताँउनु भएको छ । उहाँले राजनीतिक विचार र सिद्धान्त फरक भए पनि देशको स्थायित्वमा चुनौती उत्पन्न हुँदा दलहरू एक ठाउँमा उभिन सक्ने बताँउनु भएको छ ।एनसीपी संयोजक नाहिद इस्लामले भने राजनीतिक संवादलाई छलफलमा मात्र सीमित नराखी त्यसबाट ठोस परिणाम निकाल्नुपर्नेमा जोड दिनु भएको छ । ‘हामी छलफलका लागि मात्रै छलफल चाहँदैनौँ । संवाद जारी रहोस् भन्ने चाहन्छौँ, तर त्यसलाई परिणाममुखी बनाउन सरकारले के कदम चाल्छ भन्ने पनि हेर्न चाहन्छौँ,’ उहाँले भन्नु भएको छ ।

 

सन २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बंगलादेश छाडनु भएको थियो । त्यसयता उहाँ भारतमा बस्दै आँउनु भएको छ । यसैबीच बंगलादेशका विभिन्न क्षेत्रमा कच्चा बम विस्फोट, आगजनी र हिंसाका घटना भइरहेका विवरण सार्वजनिक भएका छन् । यस्तो परिस्थितिमा प्रधानमन्त्री रहमानले आन्दोलनमा सहभागी राजनीतिक समूहहरूसँग संवाद अघि बढाँउनु भएको हो । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं,८ मंसिर। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्नु भएको छ। उहाँले

अयोध्या–जनकपुरधाम रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागत

जनकपुरधाम,८ मंसिर। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू—कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका

शिवसताक्षीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षीमा चार वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शिवसताक्षी ११ बस्ने ६१

उपचारका लागि लगिएका कैदी अस्पतालबाट फरार

झापा, ८ मंसिर । झापा कारागारबाट उपचारका लागि मोरङ लगिएका झापा भद्रपुरका एक युवक अस्पतालबाट फरार भएका छन् ।फरार हुनेमा भारत पश्चिम बंगाल अछाम घर

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री