नागरिकता र राहदानी विवाद

वीरगन्जका मेयर सिंहसहित चार जना विरुद्ध अदालतमा मुद्दा

वीरगन्ज,२ जेठ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । झुटा प्रमाण पेस गरी नागरिकता तथा राहदानी (पासपोर्ट) बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले नगर प्रमुख सिंहसहित चार जनाविरुद्ध शुक्रबार पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । वीरगन्ज महानगरपालिका वडा नं. ३ मा झुटा विवरण पेस गरी अर्काकी छोरीलाई नागरिकता तथा पासपोर्ट बनाएको उजुरीका आधारमा नगर प्रमुख सिंहलगायत व्यक्तिविरुद्ध पर्सा जिल्ला अदालतको मुद्दा नं ८२–सी–१–१०८३ मा लिखत सम्बन्धी कसुर मुद्दा दर्ता भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकले जानकारी दिनु भयो ।

 

मुद्दामा महानगरपालिकाका नगर प्रमुख सिंह, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराई, रुविना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जी करण अधिकारी भिखारी रायलाई दोषी ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार सजायको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको उहाँले बताउनु भयो ।

 

त्यसैगरी, सोही उजुरीलाई आधार मानी सरकारी वकिल कार्यालयले अन्य तीन वटा मुद्दा समेत दर्ता गरेको श्रेस्तेदार मलिकले जानकारी दिनु भयो । पर्सा जिल्ला अदालतमा मुद्दा नं. ८२–सी–१–१०८४, ८२–सी–१–१०८५ र ८२–सी–१–१०८६ समेत दर्ता भएको उहाँले बताउनु भयो। मुद्दा नं. १०८४ दर्ता गर्दै सरकारी वकिलको कार्यालयले रुविना श्रेष्ठविरुद्ध अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार ६ महिना कैद वा एक वर्ष बाल सुधार गृह सजायको माग गरेको छ ।

 

त्यस्तै, मुद्दा नं. १०८५ मा झुटा विवरण पेस गरी नागरिकता लिएको आरोपमा नागरिकता ऐन, २०६३ को दफा १२ र २१ को उपदफा ५ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिमको कसुरमा १५ हजार रुपैयाँ जरिवानाको माग गरिएको श्रेस्तेदार मलिकले जानकारी दिनु भयो ।

 

उहाँले मुद्दा नं. १०८६ मा झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिएको कसुरमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा १ वर्षदेखि ३ वर्षसम्म कैद सजायको माग गरिएको बताउनु भयो । वीरगन्ज महानगरपालिका वडा नं. ३ निवासी नगर प्रमुख सिंहले रिता भट्टराईलाई श्रीमती भएको झुटा विवरण पेस गरी २०७१ साल माघ २० गते रुविनाको जन्म दर्ता गराएको आरोप छ । सोही जन्म दर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता तथा त्यसको १२ दिनपछि राहदानी समेत बनाइएको आरोप लगाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता

अब पसलमा मनपरी मूल्य लिन पाइँदैन! सरकारले ल्यायो यस्तो नियम ,मनपरी मूल्य असुल्ने प्रवृत्तिमा लगाम

काठमान्डौं ,१७ असार । आजसम्म तपाईंले बजारबाट सामान किन्दा कहिलेकाहीँ त्यसको वास्तविक मूल्य कति हो भन्ने कुरा स्पष्ट थाहा पाउनुभएको थिएन होला। एउटै सामानको मूल्य