काँग्रेस, एमाले र मदेसबादी मिलेर सरकार बनाउने भए हाम्रो समर्थन रहन्छ : प्रचण्ड

सुर्खेत,३ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताउनु भएको छ । सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उहाँले बताउनु भयो ।

 

कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुग्नु भएका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरु लोकतान्त्रिक नभएको टिप्पणी गर्नु भएको हो । आफैले बोलाएको सदन भोलिपल्ट रोकेर अध्यादेश ल्याएर सरकारले लोकतन्त्रको उपहास गरेको प्रचण्डको भनाई छ ।

 

‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उहाँले भन्नु भयो, ‘त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईहरुले बुझिरहनु भएकै छ ।’

 

ट्रेड युनियनको खारेजी, विद्यार्थी संगठनहरुको प्रतिबन्ध लगायतका बिषयहरुले सरकार लोकतान्त्रिक बाटोमा छैन भन्ने देखाएको उहाँको धारणा थियो ।

सरकारले गर्ने लोकतान्त्रिक कार्यहरुमा आफ्नो पार्टीले समर्थन र जनविरोधी क्रियाकलापहरुमा खवरदारी गर्ने उहाँका धारणा थियो । अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ ।

सरकारका नागरिक अधिकार विरोधी क्रियाकलापहरुले समर्थन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनु भयो ।

 

‘सरकारका राम्रा कामलाई रचनात्मक रुपमा सहयोग गर्नेमा हामी तयार छौ’ उहाँले भन्न्ु भयो, ‘लोकतन्त्रको सुदृढीकरण संविधानको रक्षाका लागि हामी सरकारलाई खवरदारी गरिरहन्छौ ।’

बदलिँदो परिस्थितिमा प्रदेश सरकारहरु पुर्नगठनका लागि काँग्रेस र एमालेबाट मिलेजर जान प्रस्ताव आएको भएपनि आफ्नो पार्टीले इन्कार गरेको उहाँले बताउनु भयो । आफ्नो पार्टी अहिले प्रदेश सरकार परिवर्तनको पक्षमा नरहेको तर सबै पार्टी मिलेर जाने प्रसङ्मा सबै पार्टी मिलेर साझा सरकार बनाउने बिषयमा सहमत हुने प्रस्ताव आफुले प्रस्ताव गरेको उहाँको भनाई छ ।

‘प्रदेश सरकार मिलेर बनाउन कतै एमालेबाट, कतै काँग्रेसबाट प्रस्ताव आइरहेको छ’ उहाँले भन्नु भयो, ‘यसलाई मैले हाम्रो पार्टीको संयोजकको रुपमा इन्कार गरेको छु । बरु काँग्रेस, एमाले र मदेसबादी दलहरु मिलेर साझा सरकार बनाउने भए हाम्रो सहमती रहन्छ भनेको छु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक

इलाम कारागारमा ४८ लाखको रहस्य! जेलभित्र यत्रो नगद कसरी पुग्यो?

इलम,१ साउन ।  इलाम कारागारमा संयुक्त छापाका क्रममा ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद र २४ हजार भारतीय रुपैयाँ बरामद भएको छ। यो