नेपाल प्रहरी अस्पतालमा  दुई वर्षदेखि एमआरआई मेसिन बन्द,  कहिले बन्छ भन्ने प्रश्नमा कर्मचारीहरू मौन

काठमान्डौं,३ । जेठ नेपाल प्रहरी अस्पतालमा साढे दुई वर्षदेखि एमआरआई मेसिन बिग्रिएर थन्किँदा सेवाग्राही समस्यामा परेका छन् ।

नेपाल प्रहरी र उहाँहरुको परिवारको उपचारका लागि सञ्चालन गरिएको अस्पतालमा एमआरआई सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामी बाहिर जान बाध्य भएका छन् । साढे दुई वर्षदेखि बिग्रिएको मेसिन मर्मत नगर्दा उपचारका लागी आउने बिरामीले भने सास्ती खेप्नुपरेको बताएका छन् ।

करिब ८० हजार प्रहरी कर्मचारीले आफ्नै अस्पतालबाट उपचार गराउँदै आएकमा अहिले सेवा बन्द हुदा त्यहाँका कर्मचारी समेत  प्राइभेटमा जानुपर्ने बाध्यता छ ।

मेसिन मर्मतमा चासो नदिँदा अस्पताल पुग्ने प्रहरी परिवार मात्र नभई आम सर्वसाधारणलाई समेत समस्या भएको छ भने बिरामीहरु एमआरआई गर्नकै लागि निजी अस्पताल धाउन र एमआरआई गराउन महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।

मर्मतमा चासो नदिँदा सेवाग्राही अस्पतालप्रति असन्तुष्ट बन्दै गएका छन् । अस्पतालका कर्मचारीहरूले भने एमआरआई बाहिर गराएर आउन सुझाव दिने गरेका छन् । मेसिन कहिले बन्छ भन्ने प्रश्नमा त्यहाका कर्मचारीहरू सधै मौन रहने गरेका छन् ।

अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको बताउनु भएको छ । प्राविधिक कारणले मेसिन मर्मत हुन नसकेको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार मेसिन मर्मतका लागि रकम विनियोजन नहुँदा समस्या भएको हो र मेसिन मर्मतमा कति खर्च लाग्छ भन्ने जानकारीसमेत आफुलाई नभएको उहाँको भनाइ छ । र सरकारले बजेट विनियोजन गरेपछि मात्रै मर्मत सम्भव हुने उहाँ बताउनु हुन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भन्नुहुन्छ मेसिन मर्मत गर्न धेरै खर्च लाग्ने भएकाले नयाँ मेसिन खरिद गर्नु उपयुक्त हुने देखिएको छ ।

‘मर्मतमा पनि धेरै खर्च लाग्छ । त्यसैले नयाँ मेसिन किन्ने प्रक्रियामा जाने तयारी छ,’ उहाँको भनाइ थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए

सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि स्थगित

काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।   आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च

सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

काठमाडौं,३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने

पठाओ र इनड्राइभ जस्ता राइड–सेयरिङ सेवामा ५% भ्याट लाग्ने

काठमाडौं,३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक

इलाम कारागारमा ४८ लाखको रहस्य! जेलभित्र यत्रो नगद कसरी पुग्यो?

इलम,१ साउन ।  इलाम कारागारमा संयुक्त छापाका क्रममा ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद र २४ हजार भारतीय रुपैयाँ बरामद भएको छ। यो