खेलकुदलाई राजनीतिमुक्त बनाइने : सस्मित पोखरेल

काठमाडौँ,३ जेठ । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो।

कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताउनु भयो ।

उहाँले नेपालमा रहेका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।
सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौँ भने उनीहरुलाई उत्कृष्ट खेलाडीका रूपमा विकास गर्न सकिने उनको भनाई छ ।
मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिनु भएको छ ।

उहाँले भन्नु भयो,‘राजनीतिक हिसाबले हेर्दा पार्टी र सरकार पनि सकेसम्म खेलकुद क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउन चाहन्छौं । नेपालमा २७ हजार विद्यालय छन्, लाखौं विद्यार्थीहरु हुनुहुन्छ । हामीले सानो उमेरदेखि नै विद्यार्थीमा लगानी गर्न थाल्यौं र यहाँहरुलाई एउटा खेलाडीको रुपमा पनि ल्याउन सकिन्छ भन्ने भिजनबाट अगाडि बढ्यौं भने राम्रो हुन्छ । सानो उमेरबाट लगानी गर्न सक्दा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ । त्यसैले अबको पाठ्यक्रममा पनि खेलकुदलाई महत्व दिएर राख्ने छौं ।’

आयोजकका अनुसार प्रतियोगिता होम एन्ड अवे फरम्याटमा हुनेछ भने खेल डबल राउन्ड रोबिनमा सञ्चालन हुनेछ । यस पटक १०–१२ टीमलाई सहभागी जनाउने आयोजकले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका मेयरको प्रधानमन्त्रीका सल्लाहकारसग भेट

दमक , ३ जेष्ठ |  दमक नगरपालिकाका प्रमुख राम कुमार थापा ले प्रधानमन्त्री बालेन्द्र साह का प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन सँग भेटवार्ता गरी दमकको

पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन : शंकर पोखरेल

काठमाडौं,३ जेठ । नेकपा एमालेका नेता शंकर पोखरेलले पपुलिज्म समाजवादको विकल्प हुन नसक्ने बताउनु भएको छ । उहाँले विचार धारासहितको सक्षम र लोकप्रिय नेतृत्वबिनाको राजनीति

खेलकुदलाई राजनीतिमुक्त बनाइने : सस्मित पोखरेल

काठमाडौँ,३ जेठ । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको

विद्यादेवी भण्डारी कसरी बन्नु भयो एका एक प्रमुख अतिथि, के छ भित्री रहस्य?

काठमान्डौं,३ जेठ । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले आइतबार बल्खुस्थित आफ्नो पुरानो कार्यालय परिसर मदननगरमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रूपमा प्रस्तुत

नेपाल प्रहरी अस्पतालमा  दुई वर्षदेखि एमआरआई मेसिन बन्द,  कहिले बन्छ भन्ने प्रश्नमा कर्मचारीहरू मौन

काठमान्डौं,३ । जेठ नेपाल प्रहरी अस्पतालमा साढे दुई वर्षदेखि एमआरआई मेसिन बिग्रिएर थन्किँदा सेवाग्राही समस्यामा परेका छन् । नेपाल प्रहरी र उहाँहरुको परिवारको उपचारका लागि