मधेश प्रदेशमा एकै पटक १९ खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु

जनकपुर,४ जेठ । मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा आयोजित उक्त प्रतियोगिताको खेलहरु सोमबार(आज)बाट मधेश प्रदेशका प्रत्येक जिल्लामा सुरु भएको छ ।

प्रतियोगितको उद्घाटन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशभर खेलकुदको विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरेको जानकारी दिनु भयो ।

प्रतियोगितामार्फत प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने, युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने तथा अनुशासित, स्वास्थ्य र प्रतिस्पर्धी समाज निर्माणमा टेवा पुग्ने खेललाई व्यवसायीकरण गर्दै खेलकुद, खेलाडी र मधेश प्रदेशको विकासमा टेवा पुग्ने विश्वासका साथ यस प्रतियोगिता आयोजना गरिएको सदस्य सचिव कानुले बताउनु भयो ।

देशभरमै खेलकुदका लागि सबैभन्दा बढी बजेट बागमती प्रदेशले ल्याउने गरेकामा हालसम्म बागमती प्रदेशले १५ वटा खेलको प्रतियोगिता मात्र आयोजना गर्न सकेकोमा मधेश प्रदेशले एकै पटक १९ वटा खेलको प्रतियोगिता आयोजना गरेर सबैलाई पछाडि पारेको सदस्य सचिव कानुले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा १९ वटा खेलको ८ वटै जिल्लाबाट जम्मा २४७२ जना सहभागी रहेका छन् । जसमध्ये प्रत्येक जिल्लाबाट पुरुष खेलाडी १६७ जना, महिला खेलाडी १०८ जना, प्रशिक्षक १८ जना र व्यवस्थापक १० जना रहेका छन् ।
प्रतियोगितामा प्रत्येक खेलमा प्रथम हुनेले रु २५०००, दोस्रो हुनेले रु १५००० र तेस्रो हुनेले रु १०००० रकमसहित मेडल र ट्रफी पाउने आयोजक मधेश खेलकुद परिषद, जनकपुरले जानकारी दिएको छ । उक्त प्रतियोगिताका निम्ति मधेश प्रदेश सरकारले बजेटमै २ करोड ५५ लाख रकम छुट्टयाएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निजि क्षेत्र विना बालेन सरकार चल्दैन : श्रम मन्त्री

काठमाडौं,३२ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।बिहीबार युवा, श्रम तथा

आत्महत्या दुरुत्साहन कानुनी व्यवस्था, चुनौती र सुधार

  -अधिवक्ता नविन खतिवडा आत्महत्या एक व्यक्तिगत त्रासदी मात्र नभएर यसको जरोमा सामाजिक, मनोवैज्ञानिक र कानुनी कारणहरू जेलिएका हुन्छन् । तर, त्योभन्दा पनि गम्भीर र

जापानीज राजदुतसँग शिक्षामन्त्रीको भेट, शिक्षामा जापनको सहयोग लिने

काठमाडौँ, ३२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले के के भन्नु भयो

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का