तस्करी नियन्त्रण र फरार अपराधी पक्राउमा रौतहट प्रहरीलाई ठूलो सफलता

रौतहट,४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल गरेको छ । प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियान अन्तर्गत बैशाख महिनामा मात्रै ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

नेपाल–भारत खुल्ला सीमानाको फाइदा उठाउँदै तस्करी हुने संवेदनशील नाकाहरूमा प्रहरीले सक्रियता बढाएपछि ठूलो परिमाणमा अवैध सामान र गाडीहरू नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले जिल्लाका विभिन्न सीमा नाकाहरूबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका लत्ताकपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान तथा अन्य विविध सामग्रीहरू बरामद गरेको छ । बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यलय गौरमा बुझाएको हो ।

सामान ओसारपसार र तस्करी कार्यमा संलग्न रहेका १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको मासिक तथ्याङ्कमा उल्लेख छ ।
यस्तै विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका अपराधीहरूलाई पक्राउ गर्न रौतहट प्रहरीले विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालका अनुसार बैशाख महिनामा मात्रै ५७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको कुल १७ वर्ष २८ दिन कैद भुक्तान गराउने प्रक्रिया अघि बढाइएको छ । साथै, उनीहरूबाट ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना समेत असुल उपर गरी राजस्वमा दाखिला गरिएको प्रहरी प्रमुख एसपी रिजालले जानकारी दिनु भयो।जिल्लामा शान्ति सुरक्षा कायम गर्ने र आपराधिक गतिविधिमाथि अंकुश लगाउने क्रममा बैशाख महिनाभित्र विभिन्न प्रकृतिका थुप्रै मुद्दाहरू दर्ता भएका छन् । प्रहरीको आधिकारिक प्रतिवेदन अनुसार सामाजिक अपराध ४१ वटा मुद्दा (सबैभन्दा बढी),संगठित तथा आर्थिक अपराधका १९ वटा मुद्दा, चोरी सम्बन्धी ७ वटा मुद्दा,आत्महत्या ६ वटा मुद्दा, ज्यान सम्बन्धी ५ वटा मुद्दा र महिला तथा बालबालिका सम्बन्धीः ४ वटा मुद्दा दर्ता भएको विवरण छ।

प्रहरीका अनुसार कर्तव्य ज्यान, अवैध हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर तथा ठगी जस्ता जघन्य र गम्भीर प्रकृतिका मुद्दाहरूमा समेत सूक्ष्म अनुसन्धान भइरहेको छ । पछिल्लो समय बढ्दै गएको आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुरमा ९ वटा र ठगीका ९ वटा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइएको छ । प्रहरीले अपराध अनुसन्धान मात्र नभई सामाजिक र घरायसी विवाद समाधानमा पनि सक्रियता देखाएको छ । अपराध कम गर्न जनचेतना कार्यक्रम अन्तरगत रौतहट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ लाई पनि सँगसँगै अगाडि बढाएको छ । बैशाख महिनाभर जिल्लाका विभिन्न स्थानहरूमा ४१ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तस्करी नियन्त्रण र फरार अपराधी पक्राउमा रौतहट प्रहरीलाई ठूलो सफलता

रौतहट,४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार छली, तस्करी रोकथाम तथा फरार प्रतिवादी पक्राउ अभियानमा उत्साहजनक सफलता हासिल

रौतहटमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुई बालक घाइते

रौतहट,४ जेठ । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्

साथीको रिहाइ माग गर्दै कलैयामा किन्नर समूह र प्रहरीबीच झडप

रौतहट,५ जेठ । बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायका व्यक्ति एवम किन्नरहरुबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय

मधेश प्रदेशमा एकै पटक १९ खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु

जनकपुर,४ जेठ । मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मेधश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा

रास्वपा मोरङका शासंदलाई बलत्कारको आरोप, पार्टीले गर्ला त कारबाही ?

बैदेशिक रोजगारीका क्रममा जापान बसेर फर्किएका ४० वर्षीय कृष्णकुमार कार्की रतुवामाइ नगरपालिकाका बासिन्दा हुन भने जेन जी आन्दोलन अघि स्वदेश फर्किएका कार्की आन्दोलनका क्रममा संविधान

अदालतको बीमापोष्ट हटाउने आदेशप्रति पत्रकार संघको आपत्ति

काठमाडौं,४ जेठ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जिल्ला अदालत काठमाडौंले अनलाइन सञ्चार माध्यम बीमापोष्ट डटकमविरुद्ध जारी गरेको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ