डोजर आतङ्कले सुकुम्बासीको बिचल्ली, विद्यार्थीको पढाइ ठप्प

काठमाडौँ,५ जेठ । नेकपा (एमाले) की सांसद विष्णुमाया बिकले सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाउनु भएको छ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराउनु भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ ११० जना सुकुम्बासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताउनु भयो ।

‘११० जना सुकुम्बासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू छन्,’ उहाँले भन्नु भयो, ‘बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ पूर्ण रूपमा ठप्प भएको छ । उनीहरू त्यहाँ बन्दीजस्तै गरी बसेका छन्।’

उहाँले सेन्टरमा रहेका थुप्रै दीर्घरोगीहरूले समयमा चिकित्सकको परामर्श र आवश्यक औषधि समेत पाउन नसकेको उल्लेख गर्नु भयो । घरमा डोजर चलेपछि विस्थापित भएका मिलन तामाङले मानसिक सन्तुलन गुमाएको जानकारी दिँदै उहाँले भन्नु भयो, ‘मिलन तामाङ डोजरले घर भत्काएदेखि मानसिक सन्तुलन गुमाएर बसिरहेका छन् । उहाँको तत्काल उपचार गर्न र विद्यार्थीहरूको पठनपाठन अगाडि बढाउन म सरकारसँग जोडदार माग गर्दछु।’

सांसद बिकले काठमाडौँबाट सुकुम्बासी हटाउने सरकारको शैलीप्रति लक्षित गर्दै गरिबलाई दुःख दिने काम बन्द गर्न आग्रह गर्नु भएको छ्। उहाँले भन्नु भयो्, ‘यो सरकारले काठमाडौँबाट गरिब भगाउने नीति लिएको देखिन्छ, जुन सरासर गलत छ । सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ।’ उहाँले विस्थापित नागरिकहरूको उचित व्यवस्थापन र आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारले तत्काल कदम चाल्न माग गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै विपक्षीको असन्तुष्टि

काठमाडौं,५ जेठ। प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उहाँविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको

बाजुरामा १० दिनदेखि बेपत्ता महिला कर्णाली नदी किनारमा मृत फेला

बाजुरा,५ जेठ । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा

’सुकुम्वासीलाई विस्थापित होइन, व्यवस्थित बसोबास गराउन खोजिएको हो’ : सांसद खनाल

काठमाडौं,५ जेठ । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबास तर्फ लैजान प्रयास गरिरहेको दाबी गर्नु भएको छ।

खेतदेखि ओछ्यानसम्मबाट सर्प समात्ने उर्लाबारीको रमेशको कथा

मोरङ,५ जेठ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षको हुनु भयो। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकनु भएको

मापदण्ड मिच्ने अस्पताललाई कारबाही गर्न सांसद ढकालको माग

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नु

विपद् पूर्वतयारी र पुनर्निर्माण सुस्त भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौँ,५ जेठ । नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनु भएको