ललितपुरका प्राचीन मूर्ति र सम्पदा चोरी भइरहेकोमा संसदमा आपत्ति

काठमाडौँ,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै संसदमा गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले ‘भगवानले हाम्रो रक्षा गर्ने नभइ हामीले भगवानको रक्षा गर्नुपर्ने’ विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताउनु भयो ।

ललितपुर क्षेत्र नं. २ का सांसद खरेलले आफ्नो नगरमा प्राचीन मूर्ति र ऐतिहासिक हिटीहरू हराइरहेको र सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गर्नु भयो। उहाँले भन्नु भयो,‘भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन्। कतिपय ठाउँमा उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमणले बढेको छ ।’

उहाँले १६०० वर्ष पुरानो ऐतिहासिक रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने खासगरी ‘धोमा’को दायाँ–बायाँ राखिने नौं फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको विषय सदनमा राख्नु भयो । उहाँले भन्नु भयो, ‘रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने, खासगरी ’धोमा’को दायाँ–बायाँ राखिने नौं फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको छ । त्यो कहाँ गयो, कसैलाई थाहा छैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै विपक्षीको असन्तुष्टि

काठमाडौं,५ जेठ। प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उहाँविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको

बाजुरामा १० दिनदेखि बेपत्ता महिला कर्णाली नदी किनारमा मृत फेला

बाजुरा,५ जेठ । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा

’सुकुम्वासीलाई विस्थापित होइन, व्यवस्थित बसोबास गराउन खोजिएको हो’ : सांसद खनाल

काठमाडौं,५ जेठ । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबास तर्फ लैजान प्रयास गरिरहेको दाबी गर्नु भएको छ।

खेतदेखि ओछ्यानसम्मबाट सर्प समात्ने उर्लाबारीको रमेशको कथा

मोरङ,५ जेठ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षको हुनु भयो। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकनु भएको

मापदण्ड मिच्ने अस्पताललाई कारबाही गर्न सांसद ढकालको माग

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नु

विपद् पूर्वतयारी र पुनर्निर्माण सुस्त भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौँ,५ जेठ । नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनु भएको