विपद् पूर्वतयारी र पुनर्निर्माण सुस्त भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौँ,५ जेठ । नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले पुनः अर्को विपद्को मौसम सुरु हुन लागेकाले तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकोमा सरकारले जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै पुनर्निर्माणको काम सुस्त गति र न्यून बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ ।

 

उहाँले भन्नु भयो,‘विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । तर, सरकारले अहिलेसम्म जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । त्यो विनियोजित रकमबाहेक हालसम्म के–कति प्रगति भइरहेको छ भन्नेबारे कुनै जानकारी छैन । अब पुनः विपद्को मौसम सुरु हुँदैछ । विस्थापितहरूको सुरक्षित आवास र विपद्को पूर्वतयारीका कार्यहरू सरकारले अभिलम्ब अगाडि बढाओस् भन्ने जोडदार माग गर्दछु।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै विपक्षीको असन्तुष्टि

काठमाडौं,५ जेठ। प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उहाँविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको

बाजुरामा १० दिनदेखि बेपत्ता महिला कर्णाली नदी किनारमा मृत फेला

बाजुरा,५ जेठ । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा

’सुकुम्वासीलाई विस्थापित होइन, व्यवस्थित बसोबास गराउन खोजिएको हो’ : सांसद खनाल

काठमाडौं,५ जेठ । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबास तर्फ लैजान प्रयास गरिरहेको दाबी गर्नु भएको छ।

खेतदेखि ओछ्यानसम्मबाट सर्प समात्ने उर्लाबारीको रमेशको कथा

मोरङ,५ जेठ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षको हुनु भयो। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकनु भएको

मापदण्ड मिच्ने अस्पताललाई कारबाही गर्न सांसद ढकालको माग

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नु

विपद् पूर्वतयारी र पुनर्निर्माण सुस्त भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण

काठमाडौँ,५ जेठ । नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाउनु भएको