मापदण्ड मिच्ने अस्पताललाई कारबाही गर्न सांसद ढकालको माग

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रभा ढकालले स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक उपलब्ध गराउन तथा मापदण्ड पूरा नगर्ने अस्पतालमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले देशभरका निजी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी न्यूनतम पारिश्रमिक र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको जानकारी गराउनु भयो । उहाँले स्वास्थ्य मन्त्रालयले पटक पटक निर्देशन दिए पनि धेरै अस्पतालले सरकारी मापदण्डअनुसार पारिश्रमिक उपलब्ध नगराएको बताउनु भयो।

सांसद ढकालले प्रश्न गर्दै भन्नु भयो, ‘जसले नागरिकको जीवन बचाउने जिम्मेवारी वहन गरेका छन्, तिनै स्वास्थ्यकर्मी असुरक्षित र असन्तुष्ट अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य सेवा कसरी सम्भव हुन्छ ?’ उहाँले पछिल्लो समय स्वास्थ्य सेवा खस्किँदै गएको टिप्पणी गर्दै समयमै उपचार र आवश्यक दबाब नपुग्दा दुर्घटनाका घटना बढिरहेको बताउनु भयो। बिरामी र आफन्त गुनासो गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप लगाउनु भयो।

उहाँले भन्नु भयो, ‘देशभरका निजि तथा सामुदायिक अस्पतालमा स्वास्थ्य कर्मि न्युनतम पारीश्रर्मिक र सुरक्षितकार्य बातावरणको माग गदै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयको पटक पटक निर्देशन दिदा समेत धेरै अस्पतालले सरकारी मापदण्ड अनुसार पारीश्रमि दिएका छैनन् । प्रश्न उठ्छ जस्ले नागरिको जीवन बचाउने जिम्मा लिएका छन् । तिनै स्वास्थ्य कर्मि असुरक्षित अवस्थामा हुँदा गुणस्तरीय स्वास्थ्य निर्माण कसरी सम्भव हुन्छ ।’

उहाँले थप्नु भयो, ‘स्वास्थ्य सेवा खस्किदै गएको छ । समयमै प्रेसचर नहुँदा दुर्घटना बढ्दै गएका छन् । विरामि र आफन्तहरु गुनासो गर्न बाध्य छन् । सविंधानले सुनिश्चत गरेको स्वास्थ्यको मौलिक हक किन लागु हुन सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काजी’मा फरक शैलीको भूमिकामा देखिँदै अभिनेता विपिन कार्की

काठमाडौं,५ जेठ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह

अर्थमन्त्रीबिनाको प्रि–बजेट छलफलप्रति सांसद सिंहको आपत्ति

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेट माथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाउनु भएको

प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै विपक्षीको असन्तुष्टि

काठमाडौं,५ जेठ। प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उहाँविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको

बाजुरामा १० दिनदेखि बेपत्ता महिला कर्णाली नदी किनारमा मृत फेला

बाजुरा,५ जेठ । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा

’सुकुम्वासीलाई विस्थापित होइन, व्यवस्थित बसोबास गराउन खोजिएको हो’ : सांसद खनाल

काठमाडौं,५ जेठ । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबास तर्फ लैजान प्रयास गरिरहेको दाबी गर्नु भएको छ।

खेतदेखि ओछ्यानसम्मबाट सर्प समात्ने उर्लाबारीको रमेशको कथा

मोरङ,५ जेठ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षको हुनु भयो। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकनु भएको