’सुकुम्वासीलाई विस्थापित होइन, व्यवस्थित बसोबास गराउन खोजिएको हो’ : सांसद खनाल

काठमाडौं,५ जेठ । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबास तर्फ लैजान प्रयास गरिरहेको दाबी गर्नु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाउनु भएको छ् ।

 

उहाँले भन्नु भयो, ‘भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा नाम बर्सौ राजनीतिक गदै आएकाहरूले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा बसिरहेकाहरूलाई एथा स्थिति मै बसिरहन चाही रहेका छन् ।’ सांसद खनालले पछिल्लो समय देशभर सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई सडकमा ल्याउन खोज्दैछ भन्ने भ्रम फैलाइएको दाबी गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘पछिल्लो समय देशभर भूमिहीन सुकुम्वासीलाई सडकमा उतारेर उनीहरूमाथि सरकारले डोजर चलाउँदै छ भन्ने भ्रम फइलदाइदै छ । सरकारले सुकुम्वासी बस्तीमाथि डोजर चलाएर उनीहरूलाई सडकमा ल्याउन खोजेको होइन ।’ उहाँले नदी तथा खोला किनारमा बसोबास गर्दा बाढी, दुर्घटना र अस्वस्थ वातावरणको जोखिम बढ्ने भएकाले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी समाजको मूलधारमा ल्याउन खोजेको बताउनु भयो ।

 

‘सरकारले आफ्ना नागरिक माथि लागेका सुकुम्बासीको अपमान जनक ट्यागलाई हटाएर उहाँ हरूलाई सम्मानित, सामाजिक र आथिक जीवन र व्यवस्थित बसोबास लिदन खोजेको हो । बसौदेखि आउने बाढीको कहर र खोलाको किनारको दुर्घटना र दुर्गन्धित बाट जोगाउन उहाँहरूलाई समाजको मूलधारमा ल्याउन खोजेको हो सरकारले,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काजी’मा फरक शैलीको भूमिकामा देखिँदै अभिनेता कार्की

काठमाडौं,५ जेठ । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह

अर्थमन्त्रीबिनाको प्रि–बजेट छलफलप्रति सांसद सिंहको आपत्ति

काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेट माथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाउनु भएको

प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै विपक्षीको असन्तुष्टि

काठमाडौं,५ जेठ। प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उहाँविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको

बाजुरामा १० दिनदेखि बेपत्ता महिला कर्णाली नदी किनारमा मृत फेला

बाजुरा,५ जेठ । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा

’सुकुम्वासीलाई विस्थापित होइन, व्यवस्थित बसोबास गराउन खोजिएको हो’ : सांसद खनाल

काठमाडौं,५ जेठ । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबास तर्फ लैजान प्रयास गरिरहेको दाबी गर्नु भएको छ।

खेतदेखि ओछ्यानसम्मबाट सर्प समात्ने उर्लाबारीको रमेशको कथा

मोरङ,५ जेठ । मोरङको उर्लाबारी–४ का रमेश भण्डारी २९ वर्षको हुनु भयो। उमेरले अझै युवावस्थामै रहेका भण्डारीले भने जीवनको आठ वर्ष सर्प उद्धारमा बिताइसकनु भएको