कर्णालीको बजेटमा मौलिकता र रोजगारीमा जोड दिन सांसदहरूको माग

सुर्खेत,६ जेठ । कर्णाली प्रदेशसभाका सदस्यहरुले आगामी बर्षको निती तथा कार्यक्रम र बजेट कर्णालीको मौलिकता र आवश्यकतामा बनाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले आकर्षक कार्यक्रमभन्दा पनि कार्यान्वयनमुखि निती बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन । कर्णाली प्रदेशसभामा सरकारले प्रस्तुत गरेको आगामी बर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले सरकारलाई सुझाव दिएका हुन् । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवबिक्रम शाहीले गत साता प्रदेशसभामा विधेयक पेश गरेका थिए ।

के छ सरकारको प्राथमिकता ?

आगामी बर्षका लागि कर्णाली सरकारले आगामी बर्ष कर्णाली भित्र्याउने प्रोत्साहन गर्ने, जडिबुटी तथा कृषिजन्य उद्योगको स्थापना र उत्पादित कृषि उपजको मुल्य, बजारीकरण र उपयोगिता बिस्तारका लागि शितभण्डार निर्माणमा प्रात्साहन गर्ने गरी आगामी बर्षको निती कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेको छ ।
बैदेशिक रोजगारीबाट फर्किएका यूवाहरुको सीप र ज्ञानको उपयोग, निजी क्षेत्रसंगको सहकार्यमा बजारको माग अनुसारको जनशक्ति बिकास, केन्द्रीय प्रशारण लाईन नपुगेका दुर्गम स्थानमा लघु जलविद्युत र वैकल्पिक ऊर्जामार्फत विद्युत सेवा बिस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

कर्णालीका रैथानेबालीहरुको उत्पादन, ग्रेडिङ, प्याकेजिङ र ब्राडिङ, व्यवसायिक कृषिका लागि सहुलियत ऋण, ब्याज अनुदान, कृषि वीमा लगायतका कार्यक्रम अघि सारेको छ । भौतिक संरचनाहरु दिगो गुणस्तरीय र प्रतिफलयुक्त बनाउने, कर्णालीको कला, भाषा र सांस्कृतिक सम्पदालाई पर्यटन बिकासको आधारका रुपमा लैजाने, युवालाई सीप बिकास, उद्यमशिलता तालिम र सहुलियत मार्फत रोजगारी र स्वरोजार सिर्जना गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ ।

कर्णालीलाई खेलकूद हवको रुपमा बिकास गर्ने, शिक्षामा शैक्षिक पूर्वाधार र प्रविधीको प्रयोग, सबै नागरिकको स्वास्थ्यमा सहज पहुँचल, सबै बस्तीमा स्वच्छ खानेपानी सुविधा पु¥याउने लगायतका कार्यक्रममार्फत रोजगारी र कर्णालीको समृद्धिको लक्ष्य हाँसिल गर्ने सरकारको लक्ष्य छ । आर्थिक मामिला तथा योजना मन्त्री शाहले प्रदेशसभामा पेश गरेको विनियोजन विधेयकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम एवं वार्षिक बजेट कार्यान्वयनका माध्यमबाट समग्र प्रदेशको आर्थिक, सामाजिक लगायतमा उच्च समृद्धि हाँसिल गरी मध्यम आय भएको प्रदेशको रूपमा कर्णाली प्रदेशलाई विकास गरी मुलुकको कुल ग्राहस्थ उत्पादनमा प्रदेशको हिस्सा बढाउने कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

प्रतिपक्षको विरोध सत्तापक्ष बचाउमा

कर्णाली प्रदेशसभामा प्रस्तुत् विनियोजन विधेयकमा प्रतिपक्षले विगतको निरन्तरता भएको भन्दै कर्णालीको मौलिकतामा रहेर सरकारको निति तथा कार्यक्रम आउनु पर्ने बताएका छन् । सत्ता पक्षका सांसदहरुले बचाउ गरेका छन् । मंगलबारको बैठकमा भाग लिएका प्रदेशसभा सदस्यहरुले समर्थन र विरोध गरेका हुन् ।

प्रतिपक्ष नेकपाका सांसद जुम्कित लामाले सरकारले ल्याएको आगामी बजेटको सिद्धान्त र प्राथमिकताहरु कर्मकाण्डि भएको बताउनु भयो । उहाँले कर्णालीको आवश्यकता अनुसार बजेट र निति कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । योजना बनाउने र कार्यान्वयनमा उदासिन हुँदा कर्णालीको बजेट खर्च निराशाजनक हुनु दुखद भएको बताउनु भयो । ‘सरकारको सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता देखिएको छ’ उनले भने, ‘यसले कर्णालीको मौलिकतालाई समेट्न सकिरहेको छैन ।’

नेकपाकै रणसिंह परियारले कर्णालीको विपक्षी यहाँको विपन्नता र अबिकास भएकाले कर्णालीको समृद्धिका लागि सत्ता र प्रतिपक्षमा रहन नपर्ने गरी निति तथा कार्यक्रम बनाउन सरकारलाई आग्रह गर्नु भयो। ‘कर्णालीको विपक्षी यहाँको अबिकास र विपन्नता हामीले भन्दै आएका छौ’ उहाँले भन्नु भयो, ‘आर्थिक, सामाजिक र पूर्वाधार बिकासका लागि आवश्यक निति र बजेट बनाउनु पर्नेमा यो विनियोजक विधेयकमा त्यस्तो भएको पाइदैन ।’ उहाँले कृषि उत्पादन, सिँचाई उत्पादनको बजारीकरणमा केन्द्रित नीति बनाउन पर्नेमा जोड दिनु भयो ।

नेकपाकै साँसद कृष्णबहादुर जिसीले परम्परागत सिद्धान्त र प्राथमिकता भए पनि पहिलेको भन्दा संकुचन भएर आएको बताउनु भयो । राजश्व बढाउने अवस्था हाम्रो नभए पनि पुँजिगत खर्च बढाउने क्षमता बढाउन नसकिए हाम्रो लक्ष्य हाँसिल गर्न सकिँदैन । गत बर्ष जे कुरा ल्याएका थियौ हामी अहिले पनि त्यही कुरा दोहो¥याइ रहेको उनले बताए । शिक्षा, स्वास्थ्य तथा पूर्वाधारको क्षेत्रमा हामीले के गर्ने भन्ने बिषयमा हाम्रा प्राथमिकताहरु ओझेलमा परेका छन् ।

सत्तापक्ष नेपाली काँग्रेसका साँसद इन्द्रकुमारी शाहीले यसले सीमित स्रोत साधनकोबीचमा पनि उत्पादन, रोजगारी, उद्यमशीलता र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नु सकारात्मक भएको बताउनु भयो। कर्णाली जस्तो भौगोलिक जटिलता भएको प्रदेशका लागि यो सोच अत्यन्त सान्दर्भिक भएको भन्दै कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयो ।

मंगलबारको प्रदेशसभा बैठकमा सत्तापक्ष नेपाली काँग्रेसका हिक्मतबहादुर बिष्ट, जानकी सिंह, खड्कबहादुर पाखरेल, नेकपा एमाले जीतबहादुर मल्ल, कलबहादुर हमाललगायतले सरकारको आगामी नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता समयानुकुल भए पनि कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भएको थियो । प्रतिपक्ष नेकपामा साँसद महेन्द्र केसी, कल्याणी खड्का, बीरबहादुर शाही लगायतले भाग लिनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमआरपी अनिबार्य,वसायीहरू अन्योलमा

काठमाडौं,१७ असार । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू गम्भीर अन्योलमा परेको राष्ट्रिय

केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित

काठमाडौं,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशन मार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ । पार्टीको नयाँ

बुधबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं,१७ असार । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २

इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौं,१७ असार । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २–० गोलले पराजित गर्दै मेक्सिको

साउनभित्र रासायनिक मल ल्याउने मन्त्रालयको तयारी

काठमाडौं,१७ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने तयारी गरेको छ

दमकमा तीनपाङ्ग्रे सवारीको चाप अत्याधीक , क्षमता भन्दा चार गुणा बढी सञ्चालन

यदि अवैध सवारी नियन्त्रण, अन्तरपालिकाबाट अनियन्त्रित रूपमा हुने सञ्चालन रोक्ने, लाइसेन्सविहीन चालकलाई सडकबाट हटाउने र प्रभावकारी ट्राफिक व्यवस्थापन तत्काल लागू गर्न सकिएन भने दमकका सडकमा गुडिरहेका हजारौं तीनपाङ्ग्रे सवारी भोलिका दिनमा सार्वजनिक यातायातको माध्यमभन्दा बढी दुर्घटनाको पासो बन्ने जोखिम अझ बढ्नेछ।