रोङ गाउँपालिकामा आइतबार पनि कार्यालय खुल्ने

इलाम,६ जेठ । इलामको रोङ गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने र बिहान ९ बजेदेखिनै कार्यालय खोल्ने व्यवस्था लागू गरेपछि स्थानीय तहमा अपेक्षित सेवा प्रवाह हुन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले आफ्नै सहजता अनुसार निर्णय गरेको हो । गाउँपालिकाको जेष्ठ ४ गते बसेको कार्यपालिका बैठकले जेष्ठ ६ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालय बाहेक अन्य सबै कार्यालयहरू पुरानै समय तालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो। उहाँका अनुसार यो व्यवस्था असार मसान्तसम्म लागू हुनेछ र त्यसपछि आवश्यकताअनुसार पुनः समीक्षा गरी थप निर्णय लिइनेछ ।

अध्यक्ष स्याङ्बोका अनुसार संघीय निर्णयअनुसार बिहान ९ बजे कार्यालय खोल्ने व्यवस्था भए पनि गाउँपालिकामा त्यस समयमा सेवाग्राहीको उपस्थिति अत्यन्त न्यून देखिएको छ । “१० बजेसम्म पनि सेवाग्राही नआउने अवस्था देखिएपछि स्थानीय आवश्यकता अनुसार समय व्यवस्थापन गर्नुपरेको हो,” उहाँले भन्नु भयो । यसले बिहानको समय प्रभावकारी रूपमा उपयोग हुन नसकेको र कामको चाप साँझतिर बढ्ने गरेको गाउँपालिकाको निष्कर्ष छ । गाउँपालिकाले चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा सम्पन्न गर्नुपर्ने विकास निर्माण तथा अन्य प्रशासनिक योजनाहरूको संख्या धेरै रहेको जनाएको छ । हप्तामा दुई दिन नियमित बिदा हुँदा ती योजनाहरू समयमै सम्पन्न गर्न कठिनाइ हुने देखिएपछि आइतबार पनि कार्यालय खुला राख्ने निर्णय गरिएको हो । यसले कामको गति बढ्ने र सेवाग्राहीलाई सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ ।

 

त्यसैगरी, रोङ गाउँपालिकाको भौगोलिक अवस्थाले पनि सेवा प्रवाहमा प्रभाव पारिरहेको छ । टाढा–टाढाबाट कार्यालय आउनुपर्ने बाध्यताका कारण बिहान ९ बजे उपस्थित हुन कर्मचारी तथा सेवाग्राही दुवैलाई समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ । कतिपय स्थानबाट कार्यालयसम्म पुग्नै घण्टौं समय लाग्ने भएकाले व्यवहारिक कठिनाइलाई ध्यानमा राख्दै पुरानै समय तालिका कायम गरिएको हो । गाउँपालिकाले असार मसान्तसम्म आइतबार समेत कार्यालय सञ्चालन गरेर योजनाहरूलाई तीव्रता दिने लक्ष्य राखेको छ । साथै, यस अवधिमा सेवा प्रवाहको अवस्था, कर्मचारी व्यवस्थापन र सेवाग्राहीको चापको मूल्याङ्कन गर्दै आगामी दिनका लागि उपयुक्त निर्णय लिइने जनाएको छ । स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर गरिएको यो निर्णयले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमआरपी अनिबार्य,वसायीहरू अन्योलमा

काठमाडौं,१७ असार । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू गम्भीर अन्योलमा परेको राष्ट्रिय

केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित

काठमाडौं,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशन मार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ । पार्टीको नयाँ

बुधबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं,१७ असार । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २

इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौं,१७ असार । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २–० गोलले पराजित गर्दै मेक्सिको

साउनभित्र रासायनिक मल ल्याउने मन्त्रालयको तयारी

काठमाडौं,१७ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने तयारी गरेको छ

दमकमा तीनपाङ्ग्रे सवारीको चाप अत्याधीक , क्षमता भन्दा चार गुणा बढी सञ्चालन

यदि अवैध सवारी नियन्त्रण, अन्तरपालिकाबाट अनियन्त्रित रूपमा हुने सञ्चालन रोक्ने, लाइसेन्सविहीन चालकलाई सडकबाट हटाउने र प्रभावकारी ट्राफिक व्यवस्थापन तत्काल लागू गर्न सकिएन भने दमकका सडकमा गुडिरहेका हजारौं तीनपाङ्ग्रे सवारी भोलिका दिनमा सार्वजनिक यातायातको माध्यमभन्दा बढी दुर्घटनाको पासो बन्ने जोखिम अझ बढ्नेछ।