जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते

मुगु,६ जेठ । जुम्लामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढा रहेका छन् । बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको हो । प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय जङ्गल क्षेत्रमा भेडा–बाख्रा चराइरहेका थिए। त्यही क्रममा जङ्गलबाट निस्किएको भालुले एक्कासि उनीमाथि आक्रमण गरेको बताइएको छ।

घटनापछि स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झारज्वालामा फोनमार्फत खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक तारा केसीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। दुर्गम जङ्गली क्षेत्रमा भएको घटनापछि प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा घाइते सरचिनको उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक उद्धारपछि उनलाई गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले