सत्ती भन्सार कार्यालयले बरामद गरिएका सामान लिलाम गर्दै

काठमाडौं,७ जेठ । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चोरी पैठारीको अभियोगमा बरामद भई कार्यालयमा दाखिला हुन आएका विभिन्न मुद्दाका मालवस्तुहरू खुला बोलकबोल (लिलाम बढाबढ) मार्फत बिक्री गर्ने भएको छ । भन्सार विभागले बुधवार एक सुचना जारी गर्दै आगामी जेठ २१ गते दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कार्यालय परिसरमा सामानहरू लिलाम गर्न लागिएको जनाएको हो । भन्सार ऐन, २०८२ को दफा ९२(१) (ख) तथा भन्सार नियमावली, २०८३ को नियम ८५(२) बमोजिम ती सामानहरू ‘जस्तो अवस्थामा छन् सोही अवस्थामा’ प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिनेछ ।

लिलाम हुन लागेका वस्तुहरू विभिन्न १० वटा मुद्दामा पक्राउ परेका मालसामानहरू हुन् । जसको कुल प्रारम्भिक न्यूनतम मूल्याङ्कन ३ लाख ७० हजार ४८० तोकिएकोा छ । लिलामीमा राखिएका मुख्य सामानहरूमा मुद्दा नं. ३४९ अन्तर्गतका पाउडर, गुलाब जल, लिपिस्टिक, विभिन्न क्रिम, ताल्चा र पंखाको बेस लगायतका कस्मेटिक तथा खुद्रा सामग्रीहरू रहेका छन् । यस्तै मुद्दा नं. ३६३ का विभिन्न मोडलका मोबाइल फोल्डर, केनभर डिस्प्ले र ब्याक प्यानलहरू, मुद्दा नं. ३७० का ८ पिस पानी तान्ने मोटर र १६ थान बोरिङ पाइप तथा मुद्दा नं. ३७३ का ६ थान पुराना १२ भोल्टका ब्याट्रीहरू पनि लिलाम गरिँदैछ । यसबाहेक लेडिज सुट, धोती, चप्पल, स्टील तथा प्लास्टिकका भाँडाकुँडाहरू र साइकल एवं अटोका ट्युबहरू पनि तपसिलमा समावेश छन् ।

भन्सार कार्यालयले लिलाम प्रक्रियालाई व्यवस्थित बनाउन केही अनिवार्य सर्तहरू समेत तोकेको छ । बोलकबोल प्रक्रियामा सहभागी भई सामान सकार गर्दा कबोल गरेको रकमको १० प्रतिशत बराबरको रकम तत्कालै नगद रूपमा कार्यालयमा दाखिला गर्नुपर्नेछ । व्यापारिक प्रयोजनका तथा मूल्य अभिवृद्धि कर लाग्ने मालवस्तुहरूको हकमा भ्याटमा दर्ता भएका व्यावसायिक फर्महरूले मात्र बोलकबोलमा भाग लिन पाउनेछन् । सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिको लिलाम स्वीकृत गरिने र सकारकर्ताले कबोल गरेको अंक र नियमानुसार लाग्ने भ्याटसहित सम्पूर्ण कर रकम ७ दिनभित्र बुझाएर मालसामान उठाई लैजानुपर्ने नियम बनाइएको छ ।

यसका साथै, प्रचलित कानुन अनुसार गुणस्तर परीक्षण गर्नुपर्ने मालवस्तुहरूको हकमा लिलाम सकारकर्ता आफैँले आफ्नै खर्चमा सम्बन्धित निकायबाट परीक्षण गराई उपभोग योग्य प्रमाणित भएपछि मात्र बिक्री वितरण वा उपभोग गर्न पाउनेछन् । निश्चित इजाजतपत्र चाहिने सामानहरू इजाजतवाला फर्मलाई मात्र लिलाम गरिनेछ । कार्यालयका निमित्त कार्यालय प्रमुखद्वारा प्रमाणित गरिएको यस प्रक्रियामा कसैको लिलाम स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार भने भन्सार कार्यालयमै सुरक्षित रहने सूचनामा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले