३०४ सहकारी पीडितको रकम फिर्ता

काठमाडौं,७ जेठ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो । समितिका अनुसार बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

यस अघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारी ७ जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा तीनपाङ्ग्रे सवारीको चाप अत्याधीक , क्षमता भन्दा चार गुणा बढी सञ्चालन

यदि अवैध सवारी नियन्त्रण, अन्तरपालिकाबाट अनियन्त्रित रूपमा हुने सञ्चालन रोक्ने, लाइसेन्सविहीन चालकलाई सडकबाट हटाउने र प्रभावकारी ट्राफिक व्यवस्थापन तत्काल लागू गर्न सकिएन भने दमकका सडकमा गुडिरहेका हजारौं तीनपाङ्ग्रे सवारी भोलिका दिनमा सार्वजनिक यातायातको माध्यमभन्दा बढी दुर्घटनाको पासो बन्ने जोखिम अझ बढ्नेछ।

झापामा एक भारतीय नागरीक मृत फेला

दमक । असार १७ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।   मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित कुलोमा

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको