कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय  

काठमाडौँ, ७ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ ।

यसअघि एसइईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरु हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसइईको नतिजा चाडै प्रकाशन भएकाले पठनपाठन पनि समयमै सुरु गर्न लागेको हो । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि आरम्भ गर्दा विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने साथै विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम हुने गरी व्यवस्था गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर क्यान्सरको जीवनरक्षक औषधिको चरम अभाव

काठमाडौँ,७ जेठ । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

काठमाडौँ, ७ जेठ । विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनावश्यक आर्थिक

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षीद्वारा संसद् अवरुद्ध

काठमाडौं,७ जेठ । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन्

बेइजिङमा सी र पुटिनबीच वार्ताः नयाँ युगको रणनीतिक साझेदारीमा जोड

एजेन्सी,७ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नु भएको छ । चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति

पूर्वधार विकासमा अघी बढ्दै, बन्न बाँकी अझै छन् धेरै

दमक ।दमक नगरपालिका वार्ड १ विकास र पूर्वाधारमा सुक्ष्म ढंगले अघी बढिरहेको छ । योजनालाई कार्यान्वायनमा लैजानु अघी टोल टोलबाट योजना माग गर्ने र तीनलाई

भत्तामा विभेद भएको भन्दै जनकपुरमा शहीद परिवारको धर्ना

जनकपुर,७ जेठ ।  जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलन शहीद