भूमिहीनलाई आश्रममा सारेकोप्रति संसदीय समितिको कडा आपत्ति

काठमाडौँ,७ जेठ ।राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको ’होल्डिङ सेन्टर’ बाट हटाएर आश्रममा सारिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको ’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ’सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को संयुक्त बैठकमा उक्त होल्डिङ सेन्टरको अनुगमनपछिको समीक्षा गर्दै समितिका पदाधिकारीहरूले सरकारको कदमलाई ’अमानवीय’ भन्दै कडा आलोचना गरेका हुन्।

बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्ती राईले भूमिहीनहरूलाई होटेल र त्यसपछि आश्रममा सारिनु झन् जटिल समस्या भएको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘वैकल्पिक व्यवस्था केही नगरी सरकारले जुन काम ग¥यो, त्यहाँको अवस्था हेर्दा मन थाम्ने ठाउँ छैन। यो काम एकदमै गलत, अमानवीय र गर्नै नहुने हो।’
सभापति राईले केही टाठाबाठा वा हुनेखाने वर्गलाई देखाएर आम गरिबमाथि शासन चलाउने र हुकुम जमाउने परिपाटी गलत भएको उल्लेख गरिन्। उनले भनीन्, ‘हामी राजनीतिक प्रतिशोध साध्ने काम गर्दैनौँ, किनकि हामी परिपक्व छौँ। तर, अहिले गरिब जनतामाथि जुन व्यवहार गरिएको छ, त्यो कदापि स्वीकार्य छैन।’

समितिले भूमिहीन तथा सुकुम्बासीहरूको उचित व्यवस्थापनका लागि सरकारलाई थप दबाब दिने निर्णय गरेको छ।
यसका लागि भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई समितिमा बोलाएर छलफल गर्ने तयारी गरिएको छ। समितिले संसद्को रोस्ट्रमबाटै यस्तो अमानवीय कार्यविरुद्ध आवाज उठाइसकेको बताउँदै सुकुम्बासी व्यवस्थापनका लागि व्यावहारिक र दीर्घकालीन पहल गरिने स्पष्ट पारेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर क्यान्सरको जीवनरक्षक औषधिको चरम अभाव

काठमाडौँ,७ जेठ । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

काठमाडौँ, ७ जेठ । विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली जाने गर्थे । जसले गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनावश्यक आर्थिक

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षीद्वारा संसद् अवरुद्ध

काठमाडौं,७ जेठ । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन्

बेइजिङमा सी र पुटिनबीच वार्ताः नयाँ युगको रणनीतिक साझेदारीमा जोड

एजेन्सी,७ जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नु भएको छ । चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति

पूर्वधार विकासमा अघी बढ्दै, बन्न बाँकी अझै छन् धेरै

दमक ।दमक नगरपालिका वार्ड १ विकास र पूर्वाधारमा सुक्ष्म ढंगले अघी बढिरहेको छ । योजनालाई कार्यान्वायनमा लैजानु अघी टोल टोलबाट योजना माग गर्ने र तीनलाई

भत्तामा विभेद भएको भन्दै जनकपुरमा शहीद परिवारको धर्ना

जनकपुर,७ जेठ ।  जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलन शहीद