देशभर क्यान्सरको जीवनरक्षक औषधिको चरम अभाव

काठमाडौँ,७ जेठ । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले भन्नु भयो,‘संसद् बैठकमा बसिरहँदा भर्खरै मलाई भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो । अस्पतालले औषधि अभावको गम्भीर अवस्थाबारे जानकारी गराएको छ ।’

 

सांसद अवालका अनुसार क्यान्सरको उपचारमा अनिवार्य मानिने ‘कार्बोप्लाटिन’ औषधिको भक्तपुर अस्पतालमा मात्र नभई देशभर नै चरम अभाव देखिएको छ । औषधि नपाएकै कारण बिरामीहरू उपचारबिनै घर फर्किन बाध्य भएको उहाँले बताउनु भयो। ‘देशभर औषधि नपाएर क्यान्सरका बिरामीहरू उपचार नपाएर बिनाउपचार फर्किनुपरेको छ, स्थिति एकदमै जटिल र गाह्रो भइसकेको छ,’उहाँले भन्नु भयो। सांसद अवालले तत्काल ‘कार्बोप्लाटिन’ औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालय र सरकारसँग जोडदार माग गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले