कालिकोटमा विद्यालय पुनर्निर्माण गर्न जुटे अष्ट्रेलियाका नेपाली

सिड्नी,८ जेठ । कालिकोटस्थित एक विद्यालय पुनर्निर्माण गर्न अष्ट्रेलियाका नेपालीहरु एकजुट भएका छन्।

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लास्थित एक प्राथमिक विद्यालय पुनर्निर्माण गर्न सघाउन आगामी १ अगष्ट २०२६ मा सिड्नीको झरना फंक्शन सेन्टरमा एक च्यारिटी डिनर आयोजना गर्न लागेको छ।

‘गिभिंग इनिसियटिभ’ नाम दिइएको उक्त कार्यक्रमबाट उठेको रकम दुर्गम कालिकोट जिल्लाको खपर्मस्ता आधारभूत विद्यालय भवन पुनर्निर्माण गर्न सहयोग गरिने हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले बताउनु भयो। उहाँले उक्त च्यारिटी डिनरमा सहभागी हुन अष्ट्रेलियास्थित सबै नेपाली समुदायलाई आग्रह गर्नु भयो।

यसैगरी हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डीनेटर डिला खरेलले संसारभर रहेका नेपालीहरुले मातृभूमिको सक्दो सेवा गरि रहेको स्मरण गर्नुभयो।
‘हामी त माध्यम मात्रै हौँ। महाभूकम्प जाँदा होस् वा कोभिड महामारीको समय होस्, अष्ट्रेलियास्थित नेपाली समुदायले गर्दै आएको निस्वार्थ सहयोग एकदमै सह्राहनीय छ,’ उहाँले भन्नु भयो। उक्त कार्यक्रमको संयोजकमा इ हर्ष गौतम, लक्ष्मण शर्मालगायत रहेका छन्।

‘मातृभूमिका लागि महिनामा एक पाउण्ड एक डलर’ भन्ने नारासहित सन् १९९९ मा हेल्प नेपाल नेटवर्कको स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।

नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २२ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बालगृहमा २२ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकी राजदुतसग भेटेर उद्योग मन्त्रीले केके गर्नुभयो?

काठमाडौँ, ३२,असार। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (CDA) स्कट अर्बम (Scott Urbom) बीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी