काठमाडौं,९ जेठ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेष्टीबलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताउनु भएको छ। कान्स फिल्म फेस्टिभलमा सहभागी भई फर्किनु भएकी डंगोलले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको हो । उक्त फिल्मको वल्र्ड प्रिमियर कार्यक्रममा आफू पनि सहभागी भएको उहाँले बताउनु भयो ।
उहाँले भन्नु, ‘नेपालीहरुको लागि एक दमै महत्त्व पुर्न कुरा कान्स फिल्म फेस्टिभल पनि रहेको थियो । इतिहासमा नै पहिलो पटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिचर छानिएको थियो । यो एउटा गर्व गर्ने क्षेन रहेको थियो ।’
कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पारित गरिसके पनि जानकारी दिइनु भयो । ‘महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पास गरेका छौँ । धेरै सिटीको लागि नयाँ थियो । त्यो पोलिसि बनाएर नै क्रियटिभ सेक्टरलाई निरन्तरता दिन कार्यविधि चाहिन्छ, कानुन चाहिन्छ, नीति चाहिन्छ । जसले गर्दा यो काम गर्न सजिलो होस् भनेर कुरा राख्यै । धेरै सहरहरुको लागि यो कुरा नयाँ थियो ।’
उहाँले काठमाडौं फिल्म फेस्टिभल पहिलो चोटि सिटिले होस्ट गदै छ भन्ने जानकारी दिएको बताँउनु भयो ।
उहाँले भन्नु भयो,‘काठमाडौं फिल्म फेस्टिभल पहिलो चोटि सिटिले होस्ट गदै छ भनेर जानकारी गराउने काम पनि भयो । त्यसले गर्दा सबै जना खुसी भएका छन् ।’









