खोजी कार्य जारी

मुगुको कर्णाली नदीमा खेल्ने क्रममा दुई बालबालिका बगाएर बेपत्ता

मुगु,९ जेठ । मुगुको पूर्वी भेगमा पर्ने मुगम कार्मारोङ गाउँपालिका २, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६ः५० बजे नदी किनारमा खेल्दैगर्दा उनीहरु बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी तीन वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका तीन वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार ६ः५० बजेतिर नदी किनारमा खेल्ने क्रममा उनीहरूलाई कर्णाली नदीले बगाएको स्थानीयवासीले बताएका छन् । घटनाबारे शुक्रबार साँझ ७ः३० बजे यार्सा संकलन सुरक्षा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रावललाई जानकारी प्राप्त भएपछि निरीक्षक रावलको कमाण्डमा १० जनाको टोली तथा स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको छ । खोजीका लागि अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट प्रहरी हवल्दारको कमाण्डमा थप पाँच जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त स्थान अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट करिब २ घण्टा ३० मिनेट पैदल दूरी पूर्वतर्फ पर्दछ । हाल बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी रबिराज थपलियाका अनुसार स्थानीय नागरिक र प्रहरीले घटनाको जानकारी पाएलगतै बच्चाहरुको खोजी कार्य जारी राखेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले