खुस्बु ओलीको एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति गम्भीर ध्यान दिन आग्रह

काठमाडौं,९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ ।

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वर नगरपालिकाभित्र एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले यस वर्ष एसईईमा करिब २ लाख ७१ हजार विद्यार्थी उत्तीर्ण हुँदा १ लाख ६७ हजार विद्यार्थी अनुत्तीर्ण भएको उल्लेख गर्नु भयो। उहाँका अनुसार विशेषगरी मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढी देखिएको छ ।

उहाँले सफल विद्यार्थीहरूको मात्र नभई अनुत्तीर्ण विद्यार्थीहरूको अवस्थाप्रति पनि ध्यान दिन आवश्यक रहेको बताउँदै भन्नु भयो, ‘सफलताको मात्र उत्सव मनाउँदा धेरै विद्यार्थी अनुत्तीर्ण भएर बाहिरिइरहेका छन् । ती विद्यार्थीहरूको विषयमा पनि अभियानले विशेष पहल गर्छ भन्ने अपेक्षा राखेको छु । अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन ।’

उहाँले अनुत्तीर्ण भएका धेरै विद्यार्थी पुरक परीक्षामा समेत सहभागी नहुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

सांसद ओलीले शैक्षिक प्रणालीलाई निरन्तरता दिन र कुनै पनि विद्यार्थीलाई शिक्षाको मूल प्रवाहबाट टाढा हुन नदिन सरकार तथा विभिन्न अभियानहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्न्ुाभ यो, ‘यति धेरै विद्यार्थीहरु अनुत्तीर्ण भैइराख्नु भएको छ । जो विद्यार्थीहरु अनुत्तीर्ण हुन्छन् तीनिहरुलाई हामी भुल्छौं । यसमा पनि ८० प्रतिशत विद्यार्थीहरु पुरक परिक्षामा पनि जानु हुन्न । त्यसैले यसमा ध्यान दिनुपर्ने हामी सबैको जिम्मेवारी हो । फेल भएका विद्यार्थीहरुलाई पनि कसरी हुन्छ अभियान या सरकार मार्फत हामीले शिक्षाको मूल प्रवाहबाट बे्रक गर्नु हुँदैन ।’

कार्यक्रममा उहाँले संसदमा राष्ट्रको पक्षमा निरन्तर आवाज उठाइरहनुपर्ने आवश्यकता पनि रहेको उल्लेख गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय प्रवद्र्धनका लागि तीन तहको सरकारबीच सहकार्य हुन जरुरी छ : श्रेष्ठ

काठमाडौं,९ जेठ । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री विन्दु श्रेष्ठले उद्योग व्यवसाय प्रवद्र्धनका लागि तीन तहको सरकारबीच प्रभावकारी सहकार्य हुन नसक्दा

लोकतान्त्रिक अभ्यास कमजोर पार्ने काम स्वीकार्य छैन : केसी

काठमाडौं ,९ जेठ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताउनु भएको छ । परिवर्तन अभियान

खुस्बु ओलीको एसईईमा अनुत्तीर्ण विद्यार्थीको अवस्थाप्रति गम्भीर ध्यान दिन आग्रह

काठमाडौं,९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले एसईई परीक्षाको नतिजा र शैक्षिक चुनौतीप्रति गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ

चीनको शान्सी प्रान्तमा ग्यास सिलिन्डर विस्फोट, कम्तीमा ८२ जनाको मृत्यु

चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा कामदार अझै भूमिगत रूपमा थुनिएको सरकारी

विपक्षीको चर्को नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित

काठमाडौँ,९ जेठ । प्रतिनिधि सभामा विपक्षी दलहरूको तीव्र विरोध र चर्को नाराबाजीका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । गत बिहीबार