बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्। शनिबार साँझ करिब ४ बजे पाँच जनाको समूह घुम्न गएका बेला नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका – ९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो बागमती नदीमा डुबेर बेपत्ता भएका थिए।

उनीहरु घरमा कसैलाई जानकारी नगराई घुम्न गएको प्रहरीले जनाएको छ। घटनाको खबर राति करिब ८ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट र इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरीको टोली खटिएर खोजतलास सुरु गरेको थियो। उनीहरुसँगै नदीमा पुगेका सर्लाहीकै बरहथवा नगरपालिका – ५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर तथा ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल रहेका छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः१५ बजे रोहित महतोको शव बागमती नगरपालिका – ११ स्थित बागमती पुलभन्दा करिब ४०–५० मिटर उत्तरतर्फ नदीमा उतानो परेको अवस्थामा फेला परेको हो। यस्तै, आइतबार दिउँसो करिब १ः३० बजे गणेश महतोको शव पनि बागमती पुलभन्दा करिब एक किलोमिटर उत्तरतर्फ ड्याम साइडको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले