गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नु पर्ने थियो । तर जेठको मध्येसम्म पनि सरकार परिवर्तनको कुनै छलफल चलेको छैन । गत भदौ २३ र २४ गतेको जेन्जी बिद्रोह पछि फेरिएको राष्ट्रिय राजनितको प्रभाव कर्णाली प्रदेश सरकारमा पनि देखिएको छ ।

 

गत फागुन २१ मा सम्पन्न प्रतिनिधीसभा निर्वाचन पछि फेरिएको जनमतले पुराना राजनीतिक दलहरुलाई अप्रत्याशित नतिजाले प्रदेश सरकारको पुर्नगठनमा पनि प्रभाव पारेको चर्चा राजनीति वृत्तमा चल्न थालेको छ । त्यसमा कांग्रेसभित्रको आन्तरिक विवादले सरकार परिवर्तनमा असर गरेको बताउन थालिएको छ । कर्णालीमा नेपाली कांग्रेसमा जीवन बहादुर शाही संसदीय दलको नेता हुनुन्। सरकार परिवर्तन भएको अवस्थामा कर्णााली प्रदेश सरकारको नेतृत्व शाहीले गर्ने एमाले–कांग्रेसको पूर्व सहमती भएको बताइएको छ ।

 

कर्णाली प्रदेश स्तरीय प्रशिक्षणमा आएका कांग्रेस सभापति गगनकुमार थापाले केही दिनमै कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने भनेर सार्वजनिक मञ्चबाटै बोलेपछि सरकार परिवर्तनको चर्चा चलेको थियो । तर सभापति थापाले बोलेको दुई साता बित्न लाग्दा पनि सरकार परिवर्तनको पहल नभए पछि सरकार परिवर्तनको चर्चा ओझेल परेको छ । ‘कर्णाली प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने बेला आएको छ’ थापाले भनेका थिए, ‘आलोपालो सहमती अनुसार कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार बन्नेछ ।’

 

सभापति थापाले सरकार परिवर्तनको कुरा गरेर फर्किए पनि अहिलेसम्म सरकार परिवर्तनको कुरा नभएको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताउनु भयो । ‘सरकार परिवर्तनको कुरा सभापतिज्यूले गरेर गएपनि केही खवर आएको छैन,’ उहाँले भन्नु भयो, ‘पार्टीको निर्णयविना यहाँ मात्र परिवर्तनको कुरा गरिहाल्न भएन । पार्टीको निर्णयको पर्खाइमा छौ ।’ बजेट बनाउने बेला सरकार परिवर्तनको मुद्धा प्राथमिकतामा नरहेको उनको भनाई छ । ‘अहिले बजेट बनाउने चटारो छ’ उहाँले भन्नु भयो, ‘नयाँ मन्त्रीहरु आउदा बजेट निर्माणको काम प्रभावित हुन सक्छ ।’

 

नेकपा एमालेका प्रमूख सचेतक टेकराज पछाईले सरकार परिवतृनको कुरा प्रदेशको चाहानाले मात्र नहुने बताउनु भयो । दुवै दलहरुबीच छलफल भएपनि खासै निश्कर्षमा नपुगेको उहाँको भनाई छ । ‘सरकार बनाउँदा सबै प्रदेशमा सहमतीमा दुई पार्टीबीच भएको सहमती अनुसार बदलिएको परिस्थितिमा थप सहमती जरुरी होला,’ उहाँले भन्नु भयो, ‘केन्द्रमा हुने सहमतीको आधारमा प्रदेश सरकार परिवर्तन गर्ने बाटो खुल्ला ।’ केन्द्रमा छलफल भई रहेको उहाँले बताउनु भयो ।

 

नेपाली कांग्रेसको आन्तरिक विवादको असर पनि प्रदेश सरकार परिवर्तनमा देखिएको कांग्रेसका सांसदहरुको बुझाई छ । कर्णाली प्रदेश संसदीय दलका नेता निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्का पक्षका हुन् । प्रदेशसभा सदस्यहरुमा पनि खड्का पक्षकै बाहुल्यता छ । कांग्रेसको बिशेष महाधिवेशन पछि फेरिएको पार्टीको नेतृत्वका कारण सांसदहरु पनि अन्योलमा परेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले