वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् । वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिको आयोजनामा सडकमा उत्रिएका स्थानीयले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सडक पीडित संघर्ष समितिको अगुवाइमा निस्किएको विरोध ¥यालीले मेनरोडको विभिन्न भाग परिक्रमा गरी घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारका अनुसार यसअघि नै मन्त्रिपरिषद्को निर्णयबाट त्रिभुवन राजपथलाई मेनरोडको रेखांकनबाट हटाइसकिएको छ । नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने ‘रोड डायरी’ मा समेत यससम्बन्धी आवश्यक संशोधन भइसकेको दाबी गर्दै अध्यक्ष रौनियारले अब मेन रोडलाई औपचारिक रूपमा सहरी मार्ग घोषणा गर्न ढिलाइ गर्न नहुने जोड दिनु भयो ।

प्रदर्शनमा सहभागी स्थानीय तथा व्यवसायीहरूले मेन रोडलाई सहरी मार्ग कायम गरिएमा यस क्षेत्रको यातायात व्यवस्थापन सहज हुने, व्यापारिक गतिविधि बढ्ने र सहरी सौन्दर्यीकरणमा समेत सकारात्मक प्रभाव पर्ने बताउनु भएको छ।

लामो समयदेखि अन्योलमा रहेको यो मुद्दालाई सरकारले शीघ्र सम्बोधन नगरे आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले