रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म अझ जीवन भरी नै उपचार गर्नु पर्ने र औषधि खानु पर्ने नसर्ने रोगको प्रकोप ग्रामीण क्षेत्रमा पनि नपत्याउँदो गरी भयङ्कर रूपमा फैलिएको छ । विलासी जीवन र खानपानको कारण देखिने भनिएका यस्ता रोगहरू ग्रामीण भेगका विपन्न नागरिकहरूमा पनि निक्कै बढेको पाइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा यस्ता रोगका बिरामीहरू ठुलो सङ्ख्यामा देखिन लागेका छन् । यसमा उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरूको सङ्ख्या निक्कै रहेको छ । त्यस्तै बाथ, नसा सम्बन्धी समस्या तथा पक्षघातका बिरामीहरू समेत निक्कै देखिएका चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिनु भयो।

५० जनाको जाँच गर्दा कम्तीमा ५ जनामा उच्च रक्तचाप र मधुमेहका मात्र अत्यन्त बढी देखिने गरेको कार्कीले बताउनु भयो । ती मध्ये अधिकांशले यस अघि जाँच नगरेको र औषधि पनि नखाएको पाइनुले अवस्था निक्कै जटिल रहेको उहाँको भनाइ छ । चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँका अनुसार कतिपय कुनै पनि औषधि नखाएका र यस अघि जाँच समेत नगाएका मानिसहरूमा ५ सय भन्दा बढी सुगरको मात्र देखिएको छ । खाना खाएपछि रगतमा चिनीको सामान्य स्तर १४० मिलिग्राम÷डीएल भन्दा कम हुनुपर्छ । यदि यो १४० देखि १९९ मिलिग्राम÷डीएलको बीचमा छ भने यो प्रि–डाइबिटिजको लक्षण हुनसक्छ । तर खाना पछि २०० मिलिग्राम÷डीएल वा सो भन्दा बढी छ भने यसलाई मधुमेह मानिन्छ ।

शरीरले इन्सुलिनको उचित प्रयोग गर्न नसकेमा वा शरीरमा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसक्दा यो अवस्था आउन सक्छ । खाँडादेवी गाउँपालिका–४ रजगाउँमा केही दिन अघि आयोजना गरिएको शिविरमा एकजनामा ५ सय २४ मिलिग्राम÷डीएल चिनीको मात्रा देखिएको उहाँले बताउनु भयो । अन्य केहीमा समेत ४ सय भन्दा बढी चिनीको मात्र देखिएको चापागाईँले जानकारी दिनु भयो । चिकित्सालयले साप्ताहिक रूपमा सञ्चालन गर्ने शिविरमा पनि मधुमेहको समस्या भएका धेरै मानिसहरू फेला पर्ने गरेका उहाँले बताउनु भयो।

मधुमेहको समयमा नै उपचार नगर्दा सबैभन्दा बढी असर आँखामा पर्ने चिकित्सालयका डा उत्तम गरैले बताउनु भयो। यसले नशामा असर गरी नसा नै फुट्ने, हर्ट एट्याकको जोखिम, मिर्गौला फेल गराउने लगायतका समस्या हुने उहाँको भनाइ छ।
ग्रामीण बस्तीमा उच्च रक्तचापको समस्या पनि अधिक देखिएको छ । सामान्यता १२०÷८० एमएम एचजी हुनु पर्ने रक्तचाप कतिपयमा १८०÷१३० एमएम एचजीसम्म देखिएको चिकित्सालयले जनाएको छ । त्यसरी रक्तचाप बढेका कतिपयले हालसम्म औषधि नै नखाएका तथा औषधि खाइरहेकाको समेत रक्तचाप नियन्त्रण नभएको पाइएको छ । रक्तचाप र मधुमेहको समस्या युवादेखि ज्येष्ठ नागरिकसम्ममा देखिएको छ ।

उच्च रक्तचापले धमनीहरूमा रगतको दबाबलाई असामान्य रूपमा बढाइ शरीरका विभिन्न अङ्गहरूमा दीर्घकालीन असर गर्न सक्छ । यसले हृदयाघात, मस्तिष्कघात, मिर्गौलाको समस्या र अन्य गम्भीर रोगहरूको जोखिम धेरै नै बढाउँछ।
जाँचका क्रममा युरिक एसिड, नसा, जोर्नीहरू दुख्ने तथा छालाका रोगीहरू पनि ग्रामीण भेगमा धेरै पाइएका छन् । त्यस्तै ग्यास्ट्रिकका बिरामीको संख्या पनि अधिक पाइएको डा. गैरेले बताउनु भयो। खानपानमा ध्यान नदिने, शारीरिक अभ्यास घट्दै जानु, कृत्रिम तथा विभिन्न खालका पेय पदार्थहरू अधिक सेवन, व्यवहारमा परिवर्तन, तनाव लगायतका कारणले यस्ता रोग बढ्दै गएका र यसको निदानका लागि खानपान र जीवनशैली व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको चिकित्सालयकी डा. सविता भण्डारी बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष

देशभरका ३३८ स्थानीय तहद्वारा भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौं,११ जेठ । देशभरका ३३८ स्थानीय तहले भू–उपयोग वर्गीकरणको काम सफलतापूर्वक सम्पन्न गरेका छन्। भू–उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गर्ने उद्देश्यका साथ गत चैत मसान्तसम्ममा

रामेछापका ग्रामीण क्षेत्रमा नसर्ने रोगको प्रकोप तीव्र

रामेछाप,११ जेठ । धनीलाई लाग्ने भनिएका नसर्ने रोगको समस्या अब गाउँमा पनि भुसको आगो जस्तै सल्किँदै गएको छ । एक पटक लागे पछि लामो समयसम्म