दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ ।
आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको सिफारिसमा दमक नगरपालिकाले यो वार्डलाई बालमैत्री उन्मुख वार्ड घोषणा गर्दै सोको प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ ।
जिल्ला समन्वय समिती झापाका प्रमुख विश्वनाथ बरालले बालमैत्री उन्मुख वार्डको प्रमाणपत्र दिदै भन्नु भयो ‘सबैको समन्वय, सहयोग र तदारुक्ताले दमक नगरपालिका वार्ड २ बालमैत्री उन्मुख वार्ड बनेको छ । अव यसले बालबालिकाको क्षेत्रमा अझ प्रभावकारी काम मात्रै गर्ने नभएर बजेट निर्माणको प्रकृयामा पनि बालबालीकाहरुलाई सहभागीता गराउने छ । ’
बालमैत्री उन्मुख वार्ड घोषणले अव यो वार्डमा बाल श्रम हुदैन, कुनैपनि बालबालिका विद्यालय जानबाालय जानबाट वञ्चीत छैनन भन्ने संकेत गर्छ । तर यो वार्डलाई अझैपनि पूर्ण बालमैत्री वार्ड घोषणा पनि गराउन सकिएन । अन्य बिभिन्न वार्ड तथा पालिकाहरुलनै पनि पूर्ण बालमैत्री वार्ड घोषणा भइसक्दा पनि यो वार्ड चाहि बालमैत्री उन्मुख वार्ड मात्रै घोषणा भएको हो । सबैको समन्वय र अनुगमनले अहिले यो वार्डलाई मालमैत्री उन्मुख मात्रै बनाउन सकिने प्रतिवेदन दियो, अव फेरी थप सुधार भएपछि चाँडै पूर्ण बालमैत्री वार्ड घोषणा गर्न योग्य हुने गरी काम गरिने वार्ड अध्यक्ष प्रजापति सापकोटाले स्पष्ट पानुभयो ।
यस्तो कार्यक्रमले बालबालिकाको सर्वाङगीण बिकास,उनीहरूको उज्ज्वल भबिष्य ,शिक्षा ,स्वास्थ ,खेलकुद त्यस्तै उनीहरूको अधिकारको लागि सहज हुने बिस्वास गरीएको छ ।









