नेतृत्व असफल भयो, तर कांग्रेस फुट्दैन’

काठमाडौं,१२ जेठ । नेपाली कांग्रेसका नेता एवम सामाजिक अभियन्ता महेश नेपालीले पार्टी बैचारिक रुपमा फुट्न नसक्ने बताउनु भएको छ। अध्याँरो कोठामा बसेर निर्णय गर्ने परिपाटीका कारण कांग्रेस हालको अवस्थामा आइपुगेको पनि उहाँले बताउनु भयो । नेपालीले विगतका नेतृत्वहरुले गरेका कमजोरीका कारण विशेष महाधिवेशको अवस्था आइपुगेको र विशेष महाधिवेशनलाई नजरअन्दाज गर्दा परिस्थिति पेचिलो बनेको उहाँको भनाइ छ ।

‘नेतृत्वले जहिले पनि दूरदर्शिता लिनुपर्दछ भन्ने कुरा विर्सियो । नेतृत्वले भदौ २३ र २४ गतेको विद्रोह हुँदैछ भन्ने कुरा पनि थाहा पाएन । र कार्यकर्ताहरुले विशेष महाधिवेशन गर्दैछन् भन्नेपनि नेतृत्वले चाल पाएन । त्यस हिसाबले नेतृत्व असफल भएको देखियो,’ उहाँले भन्नु भयो। ‘पार्टी विधानमा नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन गर्न सकिन्थ्यो भन्ने कुरा थियो । नेतृत्वले नियमित महाधिवेशन तोकिसकेपछि विशेषको अवस्था सिद्धियो भनेर जुन किसिमले आंकलन गर्नु नै गलत थियो,’ उहाँले भन्नु भयो।

जेनजी विद्रोह कांग्रेसविरुद्ध पनि रहेकाले फागुन २१ को निर्वाचनले पार्टीलाई खुम्चाइदिएको उहाँले बताउनु भयो । हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेकाले हरेक आन्दोलन कम्प्रोमाइजका माध्यमबाट परिवर्तनको आवाजलाई सेफल्यान्डिङ गरिएको उहाँको भनाइ छ । नेपाली कांग्रेस कहिल्यै नजुटेको र नफुटेको इतिहास रहेको उल्लेख गर्दै नेता नेपालीले देउवा–कोइराला पनि एक ठाउँमा आउनुपरेको दृष्टान्त पहिल्याउनु भयो ।

‘देशमा संकट वा व्यवस्था जोगाउने सवालमा कांग्रेस एक ठाउँमा भएको इतिहास छ । आजका दिनमा पनि प्रजातन्त्रमा केही न केही आघात पुर्याउन थालियो भने कांग्रेस फेरि एकत्रित भएर नै अगाडि बढ्छ,’ उहाँले भन्नु भयो। कांग्रेसभित्र विगतमा पनि समानन्तर गतिविधि हुने गरेको उल्लेख गर्दै उहाँले हाल भइरहेका गतिविधिलाई अनौठो रुपमा लिन नपर्ने उहाँको भनाइ छ ।

‘हामीले इतिहासलाई बुझेर, वर्तमानका कुराहरुलाई अगाडि बढाउँदै भविष्य निर्माण गर्ने कुरामा अग्रसर हुनुपर्छ, युवाहरुको त्यही नै चाहना हो। एकत्रित भएर नै अगाडि बढ्छ, फुट कहिँ पनि दिगो पनि रहँदैन र कांग्रेसमा पनि दिगो रहँदैन । इतिहासले त्यही देखाउँछ,’ उहाँले भन्नु भयो । पदका लागि पार्टी धेरपटक चोइटिएको उल्लेख गर्दै उनले चोइटिएर जानेहरु विलाएर हराउने उहाँको दाबी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले