प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताउनु भयो । उहाँले प्रतिपक्षीले उठाएका मागलाई सत्तापक्षले जुवारी खेलको रूपमा लिन नहुने धारणा राख्नु भयो ।

अर्यालले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै रहेको उल्लेख गर्दै सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र विरोध जनाएको स्पष्ट पार्नु भयो । उहाँले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै लोकतान्त्रिक संस्कार र राजनीतिक उत्तरदायित्व स्थापित गर्नु नै आफ्नो दलको मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाँले प्रतिपक्षको विरोध सधैँका लागि नभई नियमावलीले अनिवार्य गरेको दिन प्रधानमन्त्री उपस्थित नभए आन्दोलन र संघर्षको स्वरूपमा जाने चेतावनी दिइनु भयो। संसद अवरुद्ध गर्ने उद्देश्य नभएको भन्दै आवश्यकताअनुसार मात्रै विरोध गरिने उहाँको भनाइ थियो ।

एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलेको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै अर्यालले पार्टी बैठकमा अध्यक्षले राजीनामा दिनुपर्ने कुरा कुनै सदस्यले नउठाएको दाबी गर्नु भयो। उहाँले पार्टीले चुनावी परिणामको वस्तुगत समीक्षा गर्न कार्यदल गठन गरेर एक महिनाको समय दिएको जानकारी दिइनु भयो । उहाँले पछिल्लो निर्वाचनमा एमाले मात्रै नभई सबै पुराना राजनीतिक दलहरू कमजोर बनेको दाबी गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन परिवर्तन भएको बताउनु भयो। वामपन्थी एकताको विषयमा बोल्दै उनले अहिले कुनै पनि राजनीतिक दलबीच औपचारिक छलफल नभएको स्पष्ट पार्नु भयो । सबै दल अहिले आत्मसमीक्षा र आगामी रणनीति निर्माणमा केन्द्रित रहेको उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले