स्वास्थ्य मन्त्री मेहता जेनेभाबाट स्वदेश फिर्ता

काठमाडौं,१३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभामा सहभागिता भई आज स्वदेश फर्किनु भएको छ । मन्त्री मेहता स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभामा आफ्नो सफल सहभागिता र सम्बोधन सम्पन्न गरी आज स्वदेश फर्किनु भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकी मन्त्री मेहतालाई मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नु भएको थियो। मे १८ देखि २३, २०२६ सम्म जेनेभामा सञ्चालन भएको यस वर्षको महासभा नेपालका लागि निकै ऐतिहासिक र उपलब्धिमूलक रहेको छ ।

सभाको उपाध्यक्षमा निर्वाचित  यस ७९औँ विश्व स्वास्थ्य सभामा मन्त्री निशा मेहतालाई सभाको उपाध्यक्षका रूपमा निर्वाचित गरिएको थियो । यो नेपालको स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बढ्दो उपस्थितिका लागि ठूलो सम्मान हो ।

प्रभावकारी सम्बोधनस् महासभालाई सम्बोधन गर्ने क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकताहरू, महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा पहुँच र समानताको विषयमा नेपालको स्पष्ट धारणा राख्नु भएको थियो ।
जलवायु र स्वास्थ्यः उहाँले जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय र विकासशील राष्ट्रहरूको जनस्वास्थ्यमा पारेको गम्भीर असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको थियो।

द्विपक्षीय तथा बहुपक्षीय छलफलस् सम्मेलनको दौरान मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरू तथा विभिन्न सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग द्विपक्षीय वार्ता गर्दै नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण र प्राविधिक सहयोग आदानप्रदानका विषयमा महत्त्वपूर्ण छलफल गर्नु भएको थियो।

नयाँ सरकार गठन भएपश्चात् अन्तर्राष्ट्रिय मञ्चमा मन्त्री मेहताको यो पहिलो उच्चस्तरीय प्रतिनिधित्व हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यमा एक महत्त्वपूर्ण फड्को मानेको छ । मन्त्री मेहताले अब महासभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धताहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर कार्यान्वयनमा लैजाने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किन हुन्छ महिनावारीमा असह्य पीडा? जान्नुहोस् यसको पछाडिको प्राकृतिक र वैज्ञानिक कारण

महिनावारीको समयमा धेरैजसो महिलाहरूले पेटको तल्लो भाग, ढाड र तिघ्रामा कडा दुखाइ अनुभव गर्छन्। कतिपयका लागि यो दुखाइ सामान्य हुन्छ भने कतिपयका लागि यो यति

प्रधानमन्त्री नआए आफूलाई सदनबाट निष्कासन गर्न हर्क साम्पाङको चुनौती

काठमाडौं,१३ जेठ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गर्नु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै

कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय

सुर्खेत,१३ । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ । कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली,

नेपालीलाई श्रीलङ्काको पर्यटक भिसा निःशुल्क

काठमाडौं,१३ जेठ । काठमाडौं स्थित श्रीलङ्काली दूतावासले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटक भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन – ईटीए) को व्यवस्था गरिएको जानकारी दिएको छ ।

सगरमाथा क्षेत्रको जैविक विविधता जोगाउन राष्ट्रपतिको आग्रह

काठमाडौं,१३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ । राष्ट्रपति पौडेलले विश्वका

स्वच्छ मासुका लागि सरकारको कडा नियम

काठमाडौं,१३ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशकौँ पुरानो पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई समयानुकूल परिमार्जन गर्न संशोधन विधेयकको मस्यौदा तयार