मानव अधिकार रक्षा र दण्डहीनताको अन्त्यमा संसद् प्रतिबद्ध छः सभामुख अर्याल

काठमाडौं,१३ जेठ । सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताउनु भएको छ् । राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिक उत्सवमा बोल्दै सभामुख अर्यालले अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरु विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमार्फत प्राप्त गरेका सिफारिसहरूको कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता रहेको बताउनु भयो।

उहाँले भन्नु भयो,‘अन्तर्राष्ट्रिय मानव अधिकारका संयन्त्रहरू, विशेष गरी विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्र मार्फत प्राप्त गरेका सिफारिसहरू तथा सन्धिजन्य निकायहरूबाट प्राप्त सिफारिसहरूको समेत कार्यान्वयनमा संसद्को तर्फबाट आफ्नो भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्धता रहेको छु ।’ उहाँले मानव बेचबिखन, संशोधनको, मानव बेचबिखनको विषय, सम्बोधनको लागि मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदमका लागि उहाँले प्रशंसा गर्नु भएको छ ।

 

उहाँका अनुसार रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रको महत्वपूर्ण प्रगतिका साथै नेपालले मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने ठोस प्रतिबद्धतालाई मूर्त रूप दिन राष्ट्र सङ्घीय अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिलाई पुरक आलेख, पालेर्मो प्रोटोकलको अनुमोदन गरेको छ ।

 

‘मानव बेचबिखनको विषयमा, संशोधनको, मानव बेचबिखनको विषय, सम्बोधनको लागि राष्ट्रिय मानव अधिकार आयोग र नागरिक समाजले चालेका कदमका लागि म प्रशंसा गर्न चाहन्छु । रोकथाम, संरक्षण र अभियोजनका क्षेत्रको महत्वपूर्ण प्रगतिका साथै नेपालले मानव बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने ठोस प्रतिबद्धतालाई मूर्त रूप दिन राष्ट्र सङ्घीय अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिलाई पुरक आलेख, पालेर्मो प्रोटोकलको अनुमोदन गरेको छ,’ उहाँले भन्नु भयो।

 

मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण हुँदै गएको उल्लेख गर्दै उहाँले दण्डहीनता अन्त्य गर्ने तथा मानव अधिकार उल्लङ्घन प्रति शून्य सहनशीलताको नीति लिनुपर्ने बताउनु भयो । उहाँले महिला तथा बालबालिकालाई हिंसा तथा आपराधिक घटनाहरूबाट संरक्षण गर्नका लागि सरकारका निकायहरू सक्रिय तथा प्रतिबद्ध भएर काम गरिरहेको समेत बाताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले